६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ, सबै दल एकजुट होऔं: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताएका छन्। नेकपा (माओवादी) केन्द्र तनहुँले आज आँबुखैरेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले विभिन्न रूपमा हुने षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री दाहालले भने,“संविधानविरुद्ध षड्यन्त्र भइरहेको छ। एक थरी तत्व कुनै न कुनै रूपले देशमा अराजकता सिर्जना गर्ने अभियानमा लागिरहेका छन्। प्रतिगमनका निम्ति मलजल गरिरहेका छन्।”

परिवर्तनको रक्षाका निम्ति र देशको सुरक्षाका निम्ति सरकार दृढ रहेको बताउँदै प्रधानमन्त्री दाहालले गठबन्धनमाथि खतरा नरहेको दाबी गरे।

उनले भने, “नेपालमा उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायले पाएका हकअधिकार खोस्ने र जनताका प्रतिनिधिको हातमा आएको सत्ता खोस्ने षड्यन्त्रलाई चिर्दै अगाडि बढ्छौं।”

सामन्तको हातमा सत्ता लैजाने दुस्साहस गरिएको उनको भनाइ थियो।

पार्टीले जनताका घरघरमा पुग्ने कार्यक्रमसहित रूपान्तरण अभियान अगाडि बढाएको भन्दै प्रधानमन्त्री दाहालले भने,“गण्डकी प्रदेशमा यो अभियान ठिक ढंगले अगाडि बढेको छ। अभियानलाई एक महिना विस्तार गरिएको छ।”

प्रधानमन्त्री दाहालले पार्टी पुनःनिर्माणको विशेष अभियानमा रहेको बताउँदै देशैभरि जनतासँग माओवादी अभियानले जनतामाझ माओवादी र देशका लागि औपचारिक अभियान मात्र नरहेको र रणनीतिक अभियानको हिस्सा रहेको बताए।

प्रकाशित: १ मंसिर २०८० ०७:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App