सर्वसाधारण भेट्छन्, प्रहरी भेट्दैन
सुरक्षा निकायले राजनीतिक 'मौका' कुर्दाकुर्दै सर्वस्वसहित जन्मकैद सजाय ठेकिएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सकेको छैन। सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले गृहमन्त्रालय र मातहतका निकायलाई गरेको पत्राचारको जबाफ यस्तो आएको छ– ढुंगेल फरार नै छन्।