१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml

शिक्षकलाई तलब दिन चन्दाको भर

भिभावक, समाजसेवी तथा स्थानीयले स्वेच्छिक रूपमा संकलन गरेको चन्दाबाट जति जुट्छ, त्यहीअनुसार पारिश्रमिक दिइन्छ।

अब म थोरै बोल्छु, काम गर्ने दिन आइसक्यो: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी भिड जम्मा गर्न नभई इतिहास लेख्न राजनीतिमा आएको बताएका छन्।

एक लाख ८६ हजार अस्थायी मतदाता कायम

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्वमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारका थुनुवा र कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीको नाम अस्थायी मतदाता नामावलीमा समावेश छ।

अमेरिका पुगेको सपना रक्तरञ्जित: पिता नै यमराज बनेपछि ...

केहीबेरमै प्रहरी पुगेर छत्रबहादुरलाई हतियार फाल्न पटकपटक आग्रह गर्‍यो। तर उनले उल्टै प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रहरीले जवाफी फायर खोल्दा उनी घटनास्थलमै ढले।

निर्वाचन प्रचारका नाममा भित्तेलेखन गरे २५ हजार जरिवाना

विभिन्न स्थानमा निर्वाचन प्रचारका लागि भित्तामा लेख्न थालिएको भन्दै आयोगले यस्तो कार्य नगर्न आग्रह गरेको हो।

साम्बाको कठिन घडीमा भायानेटको साथ: उपचारका लागि ५ लाखको प्रतिबद्धता

"थाकेको हो, हारेको छैन" भन्ने साम्बाको अदम्य आँटलाई सम्मान गर्दै भायानेटले उनलाई पुनः खेल जीवनमा फर्काउन यो सानो प्रयत्न गरेको हो ।

आफ्नै लडाइँमा एक्लै थिइनन् साम्बा, समर्थक बने अभिभावक

पछिल्लो समय न्युजिल्यान्डको वेलिङ्टन फिनिक्स क्लबमा आबद्ध भई अष्ट्रेलियाको शीर्ष डिभिजनको लिगमा व्यावसायिक फुटबल खेल्दै आएकी साम्बा विगत सात सातादेखि मैदान बाहिर छिन्।

ट्रम्पको दाबी : भारत र पाकिस्तानबिचको आणविक युद्ध रोकेर तीन करोड ५० लाखको ज्यान जोगाएँ

करिब दुई घण्टा लामो भाषणमा उनले इरान, गाजा युद्ध र भारत-पाकिस्तान सम्बन्धबारे धेरै विवादास्पद र ठूला दाबीहरू गरे। उनले आफू नभएको भए दक्षिण एसियामा ठूलो नरसंहार हुने खतरा भएको आशय समेत व्यक्त गरेका थिए।

जब कांग्रेस महामन्त्री पौडेलले वरिष्ठ कलाकार नीर शाहलाई भेटे‍‍‍...

नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं-५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेललाई वरिष्ठ कलाकार नीर शाहले जितको शुभकामना दिएका छन्।

बेलायत भ्रमणलाई नयाँ यात्रा प्रणाली लागू

अमेरिका, अष्ट्रेलिया, क्यानडा र युरोपेली युनियनका देशहरू लगायत ८५ वटा देशका नागरिक जसलाई पहिले भिसा चाहिदैनथ्यो, उनीहरूले अब अनिवार्य रूपमा ईटीए लिनुपर्नेछ ।

मत सर्वेक्षण नगर्न निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूको मतभारको पूर्वअनुमान गरी सार्वजनिक नगर्न आग्रह गरेको छ।

अलराउन्डर वरीयतामा दीपेन्द्रको स्थान यथावत्

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक गरेको टी-२० अन्तर्राष्ट्रिय पुरुष अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरीको स्थान यथावत् रहेको छ।

पर्यटकीय गन्तव्यसम्म उक्लिएन चुनाव

सहरलाई चुनावी रन्कोले छपक्कै छोएको छ। बजारका चियापसलदेखि चौतारोसम्म चुनावी चर्चा सर्वत्र सुन्न पाइन्छ। व्यावासायिक क्षेत्रदेखि विद्यालयका कोठासम्म पनि चुनावी चर्चा हुने गरेका छन। सहरको जस्तै चुनावी रन्को गाउँमा पनि छ। किसानले खेतीपातीको काम रोकेर पनि चुनावी माहोलबारे बहस गरेको भेटिन्छ। मतदाताबीचको बहसमा कसले जित्ने र कसले हार्ने भनेर आफ्नै तरिकाले आँकलन गर्ने गरेको सर्वत्र सुन्न पाइन्छ। तर, कतिपय त्यस्ता ठाउँ छन, जहाँ चुनावी चर्चाले खासै छोएको छैन।

दृष्टिविहीन र अशक्त मतदातालाई विशेष व्यवस्था गरिने

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दृष्टिविहीन, शारीरिक अशक्तता भएका तथा स्वयं मतसंकेत गर्न नसक्ने मतदाताका लागि विशेष व्यवस्था गर्ने भएको छ।

सकारात्मक सर्किटसँगै नेप्सेमा दोहोरो अंकको वृद्धि

आजको कारोबारमा सलपा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य पाँच दशमलव ९८ प्रतिशतले घटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्