२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बाँके प्रदेश सभा सदस्यमा हमाल, केसी र खरेल निर्वाचित

बाँकेको तीन वटा प्रदेश सभाको मत परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बेलुका सम्म सार्वजनिक गरेको मत गणनाको परिणाम अनुसार प्रदेश सभा–१ ‘क’ र प्रदेश सभा–३ क मा नेकपा माओबादी र प्रदेश सभा–२ ‘ख’ मा नेपाली काँग्रेस विजयी भएको हो ।

थारु पत्रकार संघको अध्यक्षमा मदन चौधरी निर्वाचित

थारु पत्रकार संघ नेपालको अध्यक्षमा मदन चौधरी निर्वाचित भएका छन्। आइतबार बिहान सुनसरीको झुम्कामा भएको चुनावमा प्रतिद्वन्द्वी प्रदीप लेखीलाई हराउँदै चौधरी अध्यक्षमा निर्वाचित भएका हुन्। खसेको ५० मतमध्ये ३६ मत चौधरीले पाएका थिए भने लेखीले १४ मत पाए।

नेपाल राष्ट्रसंघ मानवअधिकार परिषद्मा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित भएको छ । एसिया प्रशान्त क्षेत्रको सदस्यका रुपमा सबैभन्दा बढी मत ल्याएर नेपाल सदस्यमा निर्वाचित भएको हो ।

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी ८२४ मत प्राप्त गरी निर्वाचित भएका छन्।  संघको ११औँ महाधिवेशनअन्तर्गत शनिबार निर्वाचन भई सम्पन्न मतपरिणामअनुसार उनका निकटतम प्रतिद्वन्द्वी वसन्तमोहन भट्टराईले ३१७ मत प्राप्त गरेका थिए।

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी ८२४ मत प्राप्त गरी निर्वाचित भएका छन् । संघको ११औँ महाधिवेशनअन्तर्गत शनिबार निर्वाचन भई सम्पन्न मत परिणामअनुसार उनका निकटतम प्रतिद्वन्द्वी बसन्तमोहन भट्टराईले ३१७ मत प्राप्त गरेका थियो ।

वीरगन्जका नवनिर्वाचित मेयरले गाडी, तलब सुविधा नलिने

वीरगन्ज महानगरका नवनिर्वाचित मेयर विजय सरावगीले ‘महानगरपालिकाबाट कार्यालयबाट गाडी, तलब, भत्ताजस्ता सुविधा नलिने’ बताउँदै आफ्ना प्राथमिकताहरु सार्वजनिक गरेका छन्। दशैंको सप्तमी तिथीमा वीरगन्जमा फुलापातिसँगै सुरु हुने मेलाको रमझम माइस्थानमा चलिरहेको बेला निर्वाचनको मतगणनाको परिणाम सार्वजनिक हुँदा मतगणनास्थल ठाकुरराम बहुमुखि क्याम्पस अगाडी संघीय समाजवादीका नेपालका समर्थक तथा कार्याकर्ताहरुले विजय उत्सव मनाइरहेका थिए।

जर्मन चान्सलर मर्केल चौथो कार्यकालका लागि निर्वाचित

जर्मनीमा चान्सलर एन्जिला मर्केल संघीय चुनावमा  चौथो कार्यकालका लागि निर्वाचित भएकी छिन्।  उनी चान्सलरका रूपमा निर्वाचित भएतापनि उनी  निकट पार्टी कन्जरभेटिभले सन्तोषजनक मत परिणाम ल्याउन सकेको छैन् ।  कन्जरभेटिभ पार्टीले करिब ३३ प्रतिशत मत ल्याएर संसदको पहिलो पार्टी बन्ने पूर्वानुमान गरिएको छ।

मन्त्री साहका स्वकीय सचिव मेयरमा निर्वाचित

स्थानीय तहको दुई नम्बर प्रदेशमा भर्खरै सम्पन्न भएको निर्वाचनको मतगणनामा सहरी विकासमन्त्री प्रभु साहका स्वकीय सचिव मेयर पदमा निर्वाचित भएका छन्। रौतहटको कटहरिया नगरपालिका मेयर पदमा सियाराम कुशवाहाले काँग्रेस उम्मेदवारलाई पारजित गरे।

निर्वाचित वडा सदस्यको मृत्यु

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्य पैँतालीस वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण विहीबार मृत्यु भएको छ।

आन्दोलन गर्दागर्दै मेयरमा निर्वाचित

बुधबार धनुषाको हंशपुर नगरपालिकाको मेयर पदमा निर्वाचित रामज्ञान मण्डलले राजपाको मात्र खाता खोलेनन्, तेस्रो चरणको पहिलो निर्वाचित मेयर पनि भए । ३५ वर्षीय मण्डलले जनकपुरको भानु चोकमा फर्निचर व्यवसाय गरिरहेका छन् । मुलुकबाट राजतन्त्रको औपचारिक अन्त्य गर्दै जारी गरिएको अन्तरिम संविधानविरुद्ध उपेन्द्र यादवले आन्दोलन गर्दा २५ वर्षे मण्डल पनि सोही आन्दोलनमा होमिएका थिए ।

नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा गौतम निर्वाचित

नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम अधिवेशनले श्यामबाबु गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। राजधानीमा सम्मपन्न ३ दिन लामो अधिवेशनको उद्घाटन नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेका थिए।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको माग गर्दै नयाँ शक्तिको प्रदर्शन

नयाँ शक्ति पार्टी, नेपालले राजनीतिक स्थायित्व ल्याउन र देशलाई समृद्ध बनाउन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणालीको माग गरेको छ। आइतबार नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको माग गर्दै नयाँ शक्तिको प्रदर्शन

नयाँ शक्ति पार्टी, नेपालले  प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणालीको माग गर्दै धर्ना बसेको छ। मंगलबार नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएको हो।

एनआरएनए जापानमा लामा निर्विरोध निर्वाचित

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको अध्यक्षमा टासी वाङ्दी लामा निर्विरोध निर्वाचित भएका छन्। उनीसँगै प्रतिस्पर्धामा उत्रिएका अनुज थापा अन्तरार्ष्ट्रिय समन्वय परिषद सदस्यमा जान सहमत भएपछि लामा निर्विरोध भएका हुन्।

जिसस बाजुरामा रोकाया निर्विरोध निर्वाचित

जिल्ला समन्वय समिति बाजुरामा नेपाली काँग्रेसका उम्मेदवार नरेन्द्र रोकाया निर्विरोध निर्वाचित भएका छन् । मनोनयन दर्तामा नेकपा एमालेले भाग नलिएपछि नेपाली कांग्रेस जिल्ला कार्य समिति सह–सचिव नरेन्द्र रोकाया नेतृत्वको सिंगो काँग्रेसको प्यानल निर्विरोध निर्वाचित भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्