राजविराज – सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्य पैँतालीस वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण विहीबार मृत्यु भएको छ।
राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दलित महिला सदस्यमा उनी बुधबार निर्वाचित भएकी थिइन् । जितको खबरसँगै गाउँटोल तथा छरछिमेकमा घुम्दै खुशी साट्दै गर्दा हृदयाघातका कारण उनको मृत्यु भएको वडा सदस्य शिवचरण मण्डलले बताए। उनका एक छोरा र दुई छोरी छन्।
प्रकाशित: ५ आश्विन २०७४ १४:४३ बिहीबार