२३ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

पुनर्निर्माणमा प्रयोग नभएका पुरातात्विक सामाग्री संग्राहलयमा राखिने

सरकारले पुरातत्व सम्पदाको पुनर्निर्माणमा प्रयोग नभएका पुरातात्विक सामाग्रीलाई संग्राहलयमा राख्ने भएको छ। पुरातत्व विभागले आइतबार भूकम्पबाट क्षति भएका सम्पदाहरुको पुनर्निर्माणको अवस्थाबारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुनर्निर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तुहरु संग्राहलयमा राख्न लागिएको बताएका हुन्।

काष्ठमण्डप पुनर्निर्माणका लागि थप पाँच करोड सहयोग

२०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले थप पाँच करोड रुपैयाँ सहयोग गरेको छ।

सिन्धुपाल्चोकमा ७८ हजार घर पुनर्निर्माण

भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा निजी आवास निर्माण अन्तिम चरणमा पुगेको छ। भूकम्पपछिका चार वर्ष आठ महिनामा झन्डै ८७ प्रतिशत आवास पुनर्निर्माण भइसकेको छ।

पुनर्निर्माणकाे अन्तिम चरणमा सिन्धुपाल्चोक

बिनासकारी भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा निजी आवास निर्माण अन्तिम चरणमा पुगेको छ। भूकम्पपछिका चार वर्ष आठ महिनामा झण्डै ८७ प्रतिशत आवास पुनर्निर्माण सम्पन्न भएको हो।

प्राधिकरणको म्यादबारे कार्यदल

बैठकमा पुनर्निर्माणलाई आवश्यक पर्ने वित्तीय स्रोत, प्रवलीकरण, सहरी पुनर्निर्माण, सम्पदा पुनर्निर्माण, विद्यालय पुनर्निर्माण लगायत विषयमा छलफल भएको थियो।

बेसहारा मानकुमारी थोत्रो टहराको बास, पाइनन् कसैको साथ

तीन वर्ष घामपानी थेगेको अस्थायी टहरा जीर्ण बन्दै गएको छ। चारैतिर पूराना जस्ताले बारिएको त्यहि थोत्रो टहरामा गजुरी गाउँपालिका वडा नं १ उज्यालो गाउँकी ६२ वर्षिया मानकुमारी सार्कीको हरेक रात बित्छ। प्वालैप्वालको जस्तापाताले न घाम छेक्छ न पानी। मुस्किलले बर्खा र हिउँदको सामना गर्दै आइरहेकी उनी बेसहारा छिन्। चार सन्तानकी आमा उनी २० वर्षदेखि सन्तानसँग अलग छिन्।

पुनर्निर्माणको समय सकिनै लाग्दासमेत गुनासो सुनुवाई भएन

रसुवाका भूकम्पपीडितले तत्काल गुनासो सम्बोधन गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई आग्रह गरेका छन्।

सामुदायिक बन छोड्न मान्दैनन् भूकम्प पीडित

बिनासकारी भूकम्पपछि आश्रय लिइ बसेको सामुदायिक बन छोडेर पीडित थातथलो फर्कँन मानेका छैनन्। उनीहरु साढे चार वर्षदेखि सामुदायिक बनको जमिन कब्जा गरेर बसिरहेका छन्।

अत्याधुनिक बनेर ठडियो जेठो शैक्षिक संस्था

सर्वसाधरणका छोराछोरीले पढ्न हुँदैन भन्ने मान्यता राख्ने जहाँनिया राणा शासनको समयमा स्थापना भएको सदरमुकाम चौतारास्थित सिन्धुपाल्चोककै जेठो शैक्षिक संस्था कृष्ण रत्नगंगा मावि ठडिएको छ।

चिटिक्क बन्यो थाक्ले एकीकृत बस्ती

चारवटा लहरमा ठडिएका मझौला आकारका एकै डिजाइनका घरहरू चिटिक्क देखिन्छन्। सबै घरमा लगाइएको हरियो रङको कर्कटपाताको छानाले चमक थपेकाले बस्तीको सुन्दरता झनै खुलेको छ। झट्ट हेर्दा उक्त बस्ती सैनिक ब्यारेकझैं लाग्छ।

एक लाख १३ हजार गुनासो फछ्र्याैट, पुसभित्र सबै सकिने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको पछिल्ला दुईवटा बैठकले सात हजार चार सय ९४ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ। समितिको २०७६ पुस ११ र पुस १३ गते बसेका बैठकबाट पुनः जाँच तथा छुट सर्बेक्षण, २०७५/७६ बाट संकलित लगतको विश्लेषणबाट विभिन्न जिल्लामा ती लाभग्राही थप भएका हुन्।

ओखलढुंगाको ३५ वडा पुनर्निर्माण सम्पन्न वडा घोषणा

ओखलढुंगाको ३५ वडा पुनर्निर्माण सम्पन्न वडा घोषणा भएका छन्। पुनर्निर्माणको माप दण्डअनुसार ९० प्रतिशत पुनर्निर्माण सम्पन्न भएका ३५ वडालाई पुनर्निर्माण वडा घोषणा गरिएको हो।

चिटिक्क ‘थाक्ले एकीकृत बस्ती’

मेलम्ची नगरपालिका–१२ बाँसवारीको थाक्लेमा बनेको ३१ घरधुरीको एकीकृत बस्तीले गाउँको मुहारै बदलेको छ।

चार वर्षमा ८३ प्रतिशत प्रगति

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चार वर्षमा पुनर्निर्माण क्षेत्रमा ८३ प्रतिशत प्रगति गरेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले चार वर्षमा पुनर्निर्माणको ६ क्षेत्रमा औसत ८३ प्रतिशत उपलब्धि हात पारेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्