पुनर्निर्माण कोष कार्यान्वयनमा ल्याउन निर्देशन
प्राधिकरण निर्देशक समिति बैठकले पुनर्निर्माण कोष कार्यान्वयनमा ल्याउन कोष प्रवाह संयन्त्र बनाउने निर्णय गरे पनि प्रक्रिया अघि बढ्न सकेको छैन।
प्राधिकरण निर्देशक समिति बैठकले पुनर्निर्माण कोष कार्यान्वयनमा ल्याउन कोष प्रवाह संयन्त्र बनाउने निर्णय गरे पनि प्रक्रिया अघि बढ्न सकेको छैन।
व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले एक महिनाभित्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण कोष कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित १७ जिल्लामा नयाँ ढाँचाबाट घर निर्माणको योजना ल्याउने भएको छ ।
प्रिफ्याव र सेमिपर्मानेन्ट संरचनाका ४३ स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्पन्न, जिल्ला स्वास्थ्य कार्यालयसहित १६ स्वास्थ्य चौकीका भवन निर्माणाधीन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्र इस्लामिक खतराबाट मुलुकलाई बचाउनका लागि कठोर कदम चाल्ने बताएका छन्। पहिलो पटक अमेरिकी कंग्रेसमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पोखरा विश्वविद्यालयसँग सहकार्य गरी भूकम्पप्रभावित पाँच जिल्लामा शुक्रबारदेखि स्वयंसेवक इन्जिनियर परिचालन भएको छ। पोखरा विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत नौ सय ८५ विद्यार्थी ती जिल्लामा परिचालन गरिने प्राधिकरणले जनाएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण कोष सञ्चालनको खाका बनाउन निर्देशन दिएको दुई सातासम्म कोष सञ्चालनको खाका तयार हुन सकेको छैन।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कलाकार सीताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली)लाई सद्भावना दूत नियुक्त गरेको छ।
संयुक्त राष्ट्रसंघले भूकम्पपछिको पुनर्निर्माणमा थप अन्तर्राष्ट्रिय सहयोग जुटाउन दातृ संस्थाको 'मिनी कन्फरेन्स' गर्न नेपाल सरकारसमक्ष प्रस्ताव गरेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) की आवासीय प्रतिनिधि भ्यालेरी जुलियानले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिंहदरबार भेटेर यस्तो प्रस्ताव राखेकी हुन्।
प्रस्तावित संघीय संरचना कार्यान्वयनमा लैजाँदा आफूहरूलाई पहिलो प्राथमिकतामा व्यवस्थापन र समायोजन गर्नुपर्ने माग राखेर स्थानीय निकायका कर्मचारी अनिश्चितकालीन आन्दोलनमा उत्रेका छन्।
प्रस्तावित संघीय संरचना कार्यान्वयनमा लैजाँदा आफूहरुलाई पहिलो प्राथमिकतामा राखी व्यवस्थापन र समायोजन गर्नुपर्ने माग राखेर स्थानीय निकायका कर्मचारी अनिश्चितकालीन आन्दोलनमा उत्रेका छन्।
विभिन्न समयमा ठुल्ठूला भूकम्पले नेपालमा क्षति पु¥याउँदै आए पनि अझै त्यसप्रति पर्याप्त सजकता अपनाएको पाइँदैन । गत वर्षको ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्पले मुलुकको सामाजिक तथा आर्थिक अवस्था तहसनहस भएको छ ।
राष्ट्रिय पुर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण कोष क्रियाशील गराउन मुख्य सचिवको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको निर्देशक समिति बैठकले समिति गठनको निर्णय गरेको हो।
खोटाङका ३५ गाविसमा भूकम्पपछिको पुनर्निर्माणका लागि सर्वेक्षण सकिएको छ। एक नगरपालिका र ७२ गाविस रहेको जिल्लाका दिक्तेल नगरपालिका र ३५ गाविसका भूकम्पपीडितको नामावली संकलन, प्रमाणीकरणलगायतको काम सकिएको हो।
ठेकेदारको लापरबाही र बिनातयारी काम थाल्दा रोकिएका उपत्यकाका ऐतिहासिक सम्पदा पुनर्निर्माण अझै सुरु हुन सकेको छैन। अघिल्लो वर्षको भूकम्पले क्षति पुगेका ललितपुर बुङमतीस्थित रातो मच्छिन्›नाथ र मनकामना, पाटन मंगलबजारस्थित भाइदेग, काठमाडौं दरबार क्षेत्रस्थित त्रैलोक्य मोहन, थापाथलीस्थित जंगे हिरण्य मन्दिर लगायत सम्पदाको पुनर्निर्माण अहिले रोकिएको छ।