२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

‘घर बनाइसकेका भूकम्पपीडितको अनुदान नरोक’

प्रधानमन्त्री केपी शर्मा ओलीले घर बनाइसकेका भूकम्पपीडितको अनुदान नरोक्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएका छन्। सोमबार प्राधिकरण परामर्श परिषद्को चौंथो बैठकमा सम्बोधन गर्दै उनले उक्त निर्देशन दिएका हुन्।

दुई वर्षमै पुनर्निर्माणको सबै काम सम्पन्न भइसक्ने : ज्ञवाली

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी दुई वर्षमा पुनर्निर्माणका सबै काम सम्पन्न हुने दाबी गरेका छन्।

भीमसेन मन्दिर पुनर्निर्माण अझै अन्योल

भूकम्प गएको तीन वर्ष बित्दा पनि ललितपुर पाटनदरबारमा रहेको भीमसेन मन्दिरको पुनर्निर्माण अघि बढ्न सकेको छैन। स्थानीय र सरोकारवाला निकायबीचको समन्वय नहुँदा मन्दिर पुनर्निर्माण टाढिएको हो।

प्राधिकरण बैठक : भूकम्पबाट क्षति भएका गुम्बा पुनर्निर्माण गर्ने बाटो खुल्याे

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा, बिहार तथा स्तूपाहरुको संरक्षण, जीर्णद्वार तथा पुनर्निर्माण सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरेको छ।

मकवानपुरमा ११ हजारले घर बनाए

पुनर्निर्माण लाभग्राही ३३ हजार नौ सय ७४ परिवार रहेको मकवानपुरमा तीन बर्षमा ११ हजार ७५ परिवारले घर निर्माण गरेका छन्। २५ हजार सात सय ९७ परिवारले पहिलो किस्ता लिएका छन् भने १८ हजार तीन सय १८ परिवारले दोस्रो किस्ता लिएका छन्।

जेलिएको पुनर्निर्माण

२०७२ बैशाष १२ र २९ को भूकम्पले अति प्रभावित १४ जिल्लाहरु मध्ये एक हो सिन्धुली। घरधुरी सर्वे गरिएका कुल ६२,९०३ घरधुरी मध्ये ५०,८६२ घरधुरी लाभग्राही सुचीमा परेका छन् भने २,४०८ घरधुरी प्रवलिकरण लाभग्राही सूचिमा परेका छन्। पूर्ण लाभग्राही सुचीमा परेका मध्ये ३३,५७७ लाभग्राहीहरुले सम्झौता गरेका छन भने ३३,५५७ घरधुरीले पहिलो किस्ता प्राप्त गरेका छन्। दोश्रो किस्ता प्राप्त गर्न सकेका घरधुरी २६,०८६ छन्।

‘साततले दरबार पुनर्निर्माण फागुनपछि’

बाहिरी जिल्लाका बासिन्दा नुवाकोट प्रवेश गरेपछि साततले दरबार नपुगी के फर्किनु भन्छन् र जान्छन्। दरबारको ढोका अगाडि नै लेखिएको छ– भूकम्पबाट क्षतिग्रस्त उक्त साततले दरबारको विस्तृत अध्ययन अनुसन्धानसहित पुनर्निर्माणको क्रममा रहेको र दरबारको माथिल्लो भागबाट झिँगटी, इँटा, काठ खसेर चोटपटक लाग्ने धेरै सम्भावना हुँदा दरबार परिसरको वरिपरि हिँड्डुल गर्दा थप सतर्कता अपनाइदिनुहुन अनुरोध गरिन्छ।’

भुकम्पपछिकाे पुनर्निर्माण : निजी आवास निर्माणको संख्या न्यून

सोलुखुम्बुमा भुकम्प पछि निजी आवास निर्माण गर्नेको संख्या न्यून रहेकाे छ। २०७२ सालको भुकम्प पछि ११ हजार ९७९ घरधुरी लाभग्राही मध्ये ७६२ परिवारले मात्र निजी आवास निर्माण गरेका छन्।

भूकम्प र पहिरोले विस्थापित केरौँजावासीलाई बल्ला लालपुर्जा, घर कहिले ?

भुकम्पको ४४ महिना बित्यो। घर भत्किएका पीडितले ठड्याईसके, केही बनाउँदै छन् । केन्द्रबिन्दु जिल्ला गोरखाको केरौँजाका स्थानीयले भने बल्ल लालपुर्जा पाएका छन् । एउटा सानो घर अड्ने जमिनसमेत नभएपछि अस्थायी टहरामा गुजारा चलाउँदै आएकाहरुलाई चरण–चरणमा घर बनाउने ठाउँको लालपुर्जा बितरण गरिएको छ ।

प्रधानमन्त्री ओलीद्वारा धरहरा पुनर्निर्माणकाे शिलान्यास

साढे तीन वर्ष पहिलेको गोरखा भूकम्पमा ध्वस्त भएको सुन्धारास्थित धरहराको पुनर्निर्माणकाे आज प्रधानमन्त्री केपी शर्मा शिलान्यास गरेका छन्। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माणस्थल सुन्धारामा आज प्रधानमन्त्री ओलीले पुनर्निर्माणको शिलान्यास गरेका हुन्।

पुनर्निर्माण र पुनर्स्थापना फोटो प्रदर्शनी

२०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनहरूले पु-याएको क्षतिको पुनर्निर्माण र पुनस्र्थापना सम्बन्धी तीन दिने फोटो प्रदर्शनी राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।

सहरी विकास मन्त्रीको प्रश्न : धरहराको मापदण्ड कसले स्वीकृत ग-यो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार (आज) सिलान्यास गर्न लागेको धरहराको मापदण्डबारे उनकै क्याबिनेट मन्त्रीले प्रश्न उठाएका छन्।

पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी फोटो प्रदर्शनी सुरु (फाेटाे फिचर)

२०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पहरुले पुर्‍याएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी फोटो प्रदर्शनी काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।

तीन वर्षमा ३७ हजार घर निर्माण

भूकम्पपछिको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको तीन वर्ष बित्दा ४५% भूकम्पपीडितले मात्र घर निर्माण सम्पन्न गरेका छन्। प्राधिकरणका अनुसार अनुदान सम्झौता गरेका कुल सात लाख ४२ हजार एक सय ३५ भूकम्पपीडितमध्ये तीन लाख ३७ हजार तीन सय १९ घरधनीले मात्र घर पुनर्निर्माण सम्पन्न गरेका छन्। त्यस्तै, दुई लाख ३३ हजार तीन सय ४३ घर पुनर्निर्माणको क्रममा रहेको प्राधिकरणले जानकारी दिएको छ।

खानेपानी योजना समुदायलाई

भूकम्पपछि पुनर्निर्माणलाई सघाइरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफाम नेपालले जिल्लामा २३ वटा खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्