९ मंसिर २०८१ आइतबार
image/svg+xml

गाडी चढ्दैमा अधिनायकवादी भइदैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको बताएका छन्।

प्रेम र सदासयताको पर्व इदुल फित्र (फोटो फिचर)

‘अल्लाह (इश्वर) मा भरोसा राख्नु, धर्ममाआस्था राख्नु, दीन–दुःखी तथा गरिबलाई सहयोग गर्नु, छिमेकमा कसैलाई समस्या पर्दा आफ्नै समस्या ठान्नु, आमाबुवाले दु:ख नपाउन भन्ने बिचार राख्नु, पवित्रता, शान्ति र भाइचारालाई कायम राखनु,’

इद उल फित्रःदान, आशीर्वाद र नमाज

अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन शनिबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन्।

सभामुख र अध्यक्षको त्रुटि सरकारले सच्याइदियो

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले संविधानविपरीत बोलाएको दुवै सदनको संयुक्त बैठकको निर्णयलाई सरकारले सच्याइदिएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संघीय संसद्को संयुक्त बैठकको आह्वानका लागि राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय गरी सभामुख र अध्यक्षले संविधानविपरीत गरेको त्रुटि सच्याइदिएको हो।

इदुल फित्र भोलि, यस्तो छ महत्व

इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्र मुस्लिमहरुले भोलि मनाउँदै छन्। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरुले जेठ ३ गतेदेखि रोजा (व्रत) शुरु गरेका थिए। यसलाई रमजान पनि भनिन्छ।

गोरे, खत्री, भुजुङ र बाङ्गेललाई काठमाडौं ल्याइदै

साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्त चुडामणि उप्रेती गोरे, एसएसपी श्याम खत्री, भुजुङ गुरुङ, छिरिङ वाङ्गेल घलेलाई काठमाडौं ल्याइने भएको छ।

इदमा परेको परीक्षा सार्न र सार्वजनिक विदा दिन मुस्लिम संघको माग

नेपाल मुस्लिम संघले एमडी र एमएसको प्रवेश परीक्षा सार्न माग गरेको छ। साथै इदमा कटौती गरेको सार्वजनिक विदा दिनुपर्ने भनेको छ।

‘चीनले अनुदानमा बनाइदिए मात्रै काठमाडौंमा रेल आउने’

नेकपाका नेता एवम् परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेल चिनियाँ अनुदानमै बनाउनेबारे कुराकानी भैरहेको जानकारी दिएका छन्।

‘उपमहानगरपालिकाले घर भत्काइदियो, अब कहाँ बस्ने?

होटल व्यवसाय फस्टाउँदै थियो। आसपासका जिल्लाबाट समेत होटलमा ग्राहक थपिँदै थिए। चार वर्षअघि सुरु गरिएको होटल व्यवसाय ‘टुप्पीको ढिँडो पसल’का नामले चर्चित हुँदै थियो। अब त दुःखका दिन सकिए भन्दै सुदामा पुडासैनीले सुखको सास फेर्न थालेका थिए। तर हेटौंडा उपमहानगरपालिकाले प्रहरी लगाएर उनको घर भत्काउन निर्देशन दिएपछि उनी निक्कै चिन्तामा परेका छन्।

जिप्रका रसुवामा फ्रि वाइफाइदेखि स्यानेटरी प्याडको व्यवस्था

जिल्ला प्रशासन कार्यालय रसुवामा आउने सेवाग्राहीलाई नियमित सेवाको अतिरिक्त कार्यालयले विशेष सेवाहरु सुरु गरेको छ ।

राप्तीमा पक्की तटबन्ध बनाइदिने सहमति भारतले कार्यान्वयन भएन

अन्तर्राष्ट्रिय नियमविपरित भारतले बाँकेस्थित दसगजा नजिक सन् १९८० देखि १९८५ सम्म लक्ष्मणपुर बाँध र सन् १९९९ देखि २००० सम्म कल्कलवा तटबन्ध निर्माण गर्यो । राप्ती नदी र विभिन्न खोलानालाको प्राकृतिक निकास थुनिँदा नेपाली भूमिमा डुबान समस्या निम्तिन थाल्यो।

तीन सिफ्ट चल्ने उद्योगलाई बढी फाइदा

सरकारले औद्योगिक क्षेत्रमा लोडसेडिङ हटाएको घोषणासँगै निजी क्षेत्रमा उत्साह थपिएको छ । लामो समयसम्म लोडसेडिङको विकराल समस्या भोगिरहेको औद्योगिक क्षेत्रमा उत्पादन थप वृद्धि हुने व्यवसायीले अपेक्षा गरेका छन्।

‘माथिल्लो कर्णाली–अरूण तेस्रोमा केही कम्पनीलाई मात्र फाइदा’

नेपालमा जलस्रोतको विद्धतापूर्ण विकासका लागि नागरिक सञ्जालले माथिल्लो कर्णाली र अरूण तेस्रो परियोजनाको वर्तमान स्वरूपले नेपाल र भारत दुवै देशका जनताको हित नहुने बताएको छ । यसले त नाफाखोर केही कम्पनीलाई मात्र अनुचित फाइदा पुर्याउने सञ्जालद्वरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्