जिप दुर्घटना हुँदा २३ घाइते
दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जिप पल्टिँदा २३ जना घाइते भएका छन्।
दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जिप पल्टिँदा २३ जना घाइते भएका छन्।
पोखरामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
दोलखाको भीमेश्वर नगरपालिका २ सोक्ला गाउँमा बुधबार बिहान बोलेरो गाडी दुर्घटनामा पर्दा त्यसमा सवार ९ बर्षिया एक जना बालिकाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते छन्।
खोटाङमा बस दुर्घटना हुँदा सात घाईते भएका छन्। दिक्तेलबाट यात्रु लिएर बिराटनगर जाँदै गरेको को १ ख ६३२० नम्बरको बस बुधबार बिहान हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको कामीडाँडामा दुर्घटना हुँदा सात यात्रु घाईते भएका हुन्।
सिन्धुपाल्चोकको आम्डाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मंगलबार बा५च ४९५४ नंको मोटरसाइकल दुर्घटना हुँदा पीपलडाँडा निवासी मोटरसाइकल चालक १९ वर्षीय अनिस कुँवरको ज्यान गएको हो ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा स्कोरपियोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भानु नगरपालिका–१ बस्ने ५५ वर्षीया ज्ञानुमाया बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
बा५८प ४९४४ नंको मोटरसाइकल दुर्घटना हुँदा चौतारा सागाचोकगढी नगरपालिका–६ पीपलडाँडाका १९ वर्षीय अनिशकुमार कुँवरको मृत्यु भएको प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए।
जिल्लाको शितगंगा नगरपालिकाको जुकेनामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।
कञ्चनपुर–फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
रामेछाप जिल्लाका सफल कृषि व्यवसायी राङदान तामाङको शनिबार बिहान मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । काठमाडौं आउँदै गर्दा राकाथुममा मोटरसाइकल दुर्घटनामा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।
भैरहवा भुमही सडकमा शनिबार भएको सवारी दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ। रुपन्देहीको ओमसतिया–४, बसन्तपुर दरखसवामा रोहिणीतर्फ गइरहेको मोटरसाइकल र ट्रेलर ट्रक एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय बलिराम चाईको घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ।
बागलुङको तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भएको छ।
मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा बुधबार एउटा सानो विमान दुर्घटनामा परेको छ। यस दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ।
धनगढीबाट दार्चुलातर्फ गइरहेको से १ ख १९२३ नम्बरको मिनी ट्रक महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ– गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा बिहीबार बिहान २ बजे दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
विद्यालयको ट्रस खसेर ४० विद्यार्थी घाइते भएका छन्। प्रहरीका अनुसार तारकेश्वर नगरपालिका ३ स्थित तारकेश्व विद्याकुन्जको ट्रस खसेर विद्यार्थी घाइते भएका हुन्।