२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भैरहवामा भयानक दुर्घटनाः मोटरसाइकल र ट्रक जल्यो, एकको मृत्यु (फाेटाे फिचर)

भैरहवा– भैरहवा भुमही सडकमा शनिबार भएको सवारी दुर्घटनामा एक युवककोे घटनास्थलमै मृत्यु भएको छ।

रुपन्देहीको ओमसतिया–४, बसन्तपुर दरखसवामा रोहिणीतर्फ गइरहेको मोटरसाइकल र ट्रेलर ट्रक एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय बलिराम चाईको घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ।

रुपन्देही प्रहरी प्रवक्ता डिएसपी खड्ग बहादुर खत्रीका अनुसार श्री स्टील उद्योग जाँदै गरेको एन एल १ डी ४७०८ नम्बरको एम एस ब्लेड लोडेड ट्रेलर ट्रकमा सोही दिशा तर्फ जाँदै गरेको लु ४७ पप ८९०५ नम्बरको पल्सर एन एस २०० मोटरसाइकल पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो। ट्रकका चालक र ट्रक प्रहरी नियन्त्रणमा रहेको छ।

घटनास्थलमै मोटरसाइकल सवार चाईको मृत्यु भएको छ भने सोही ठाउँकै निवासी १८ वर्षीय आकाश गुप्ता घाइते भएका छन्। गुप्ताको छातीमा चोट लागेकोले भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ।

स्थानीयका अनुसार भैरहवातर्फ आउँदै गरेको एक मोटरसाइकलमा मृतक सवार मोटरसाइकलको ऐना ठोक्किँदा नियन्त्रण गुमाएर ट्रेलरमा ठोकिएको हो। ट्रेलरमा मोटरसाइकल ठोकिना साथ मोटरसाइकलको ट्यांकी फुटेर केही बेरमै आगो लागेको थियो। आगो लाग्दा मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ भने ट्रेलर ट्रकको पछाडिको टायरहरु जलेका छन्। 

दुर्घटना हुँदा स्थानीयले केहीबेर बाटो अवरुद्ध गरेका थिए भने आगो नियन्त्रणमा लिनका लागि गएको दमकललाई घटनास्थलमा जानका लागि अवरोध गरेका थिए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App