रात्रिबस नयाँबसपार्कमा मात्र पार्किङ
ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरी मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र पार्किङ गर्न पाइने व्यवस्था गरेको हो।
ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरी मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र पार्किङ गर्न पाइने व्यवस्था गरेको हो।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट पहाडी र हिमाली जिल्लामा जाने यात्रुले हैरानी खेप्नुपरेको छ। सुर्खेत बसपार्कको काउन्टरमा कार्यरत कर्मचारी र सवारीसाधनका चालकको मनोमानीले यात्रुको बिचल्ली भइरहेको छ।
दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन्।
पोखरामा बसपार्क बनाउने ४७ वर्षदेखिको पोखरेलीको सपना पूरा भएको छैन। बसपार्क निर्माण गर्नका लागि ४७ वर्षअघि जग्गा अधिग्रहण गरिएको थियो। जग्गा अधिग्रहण गरेसँगै बसपार्क निर्माणका लागि पैसापनि छुट्याइएको थियो। जग्गा र पैसा भएरपनि राजनीतिक ईच्छाशक्ति नभएका कारण बसपार्क निर्माण भएन। जसका कारण पोखरेलीले आधुनिक बसपार्क अझै पाउन सकेका छैनन्। तर पोखरेलीको सपना अनुसार पोखरा बसपार्क नबनेपनि त्यसले रुप भने फेर्दैछ।
काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले मुख्य गन्तव्यस्थलका रुपमा नयाँ बसपार्क विकास हुँदै गएकाले मर्यादित भएर व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरे।
बागलुङको उपल्लाचौरमा निर्माण भएको आधुनिक बसपार्क पहुँचमार्गका अभावमा प्रयोगविहीन भएको छ। नगर विकास कोषको ऋण सहयोगमा निर्माण भएको बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा बसपार्क प्रयोगविहीन भएको हो।
नगरपालिकाको मौनताका कारण अहिले जिल्ला प्रहरी कार्यालय नजिकको मुल सडकमा ठेलमठेल गाडी राखेर बसपार्क बनाएका छन्।
नयाँ बसपार्कस्थित कान्तिपुर मलले सञ्चालन गरेको दसैंतिहार योजनाको विजेता यमुना वाग्ले बनेकी छन्।
दिनहुँ सयौं विदेशी र स्वदेशी पाहुना आउजाउ गर्ने पोखराको पर्यटक बसपार्कको अवस्था कन्तविजोग छ। अधुरै अवस्थामा संचालनमा आएको यो बसपार्कले पोखराको सौन्दर्यतालाई गिज्याइँरहेको यहाँका व्यवसायी बताउँछन्।
गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिने गरे पनि यस वर्ष भने यात्रुको सङ्ख्यामा कमी आएको हो। यात्रुले घटस्थापनादेखि अष्टमीसम्मका लागि अग्रिम टिकट काटेका छन्।
पाँचथरको फिदिममा तीन वर्ष अघिबाट सञ्चालनमा आएको स्थायी बसपार्कको सदुपयोग हुन सकेको छैन।
काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ। नेपालीको महान पर्व बडादसैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखा र लोत्से बहुउद्देश्यीय प्रालिले संयुक्तरूपमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएका हुन्।
मदिरा ब्रानड भर्जिन गोल्डले भर्जिन गोल्ड लक्की ड्र योजना अन्तर्गतको चौथो विजेता घोषणा गरेको छ। ५ अगस्टमा गरिएको लक्की ड्रमा स्याङजा खाजा घर बसपार्कले एक तोला सुनको सिक्का जितेको कम्पनीले जानकारी गराएको छ।
विवाद समाधान भएपछि टेण्डरमार्फत ठेकेदार छनौट गरेर उपमहानगरपालिकाले सम्झौतासमेत गरेको छ। धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाभित्र स्थानीय जग्गादाताले बसपार्क बनाउनको लागि निःशुल्क जग्गा दिएका छन्।
पक्राउ पर्नेमा धरान ४ का ३० वर्षीय बसन्त राई, धरान १५ का ३२ वर्षीय रेगन लिम्बु, धरान ५ का २४ वर्षीय बिक्रम राई, धरान ३ का २७ वर्षीय सिजन राई र धरान ४ का २६ वर्षीय कालु भन्ने सरोज लिम्बु रहेका छन्।