१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

दसैंतिहारको उपहार वाग्लेलाई

नयाँ बसपार्कस्थित कान्तिपुर मलले सञ्चालन गरेको दसैंतिहार योजनाको विजेता यमुना वाग्ले बनेकी छन्।

कान्तिपुर मल व्यवस्थापनले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर घटस्थापनादेखि छठ पर्वसम्म सञ्चालन गरेको थियो। बिहीबार लक्की ड्रमार्फत वाग्लेले प्रथम उपहारअन्तर्गत यामाहाको १५० सिसीको मोटरसाइकल प्राप्त गरेकी छन्।

त्यस्तै, चितवनका समिर भट्टराई दोस्रो र लमजुङकी सरिता अधिकारी तेस्रो विजेता बनेकी छन्। भट्टराईले यामाहाकै १२५ सिसीको स्कुटर र अधिकारीले ४२ इन्चको टिभी प्राप्त गरेका छन्। चौथो पुरुस्कारअन्तर्गत चन्द्रा खड्काले फ्रिज जितेकी छन्।

प्रकाशित: ३ मंसिर २०७८ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App