२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

विद्यार्थी बोकेको बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या २३ पुग्यो, ९ को सनाखत

दाङमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा परि ज्यान जानेको संख्या २३ पुगेको छ। जसमा ४ महिला र १९ पुरुष रहेका छन्। दुर्घटनामा परि १५ जना घाइते भएका छन्।

कक्षाकोठामै सांसद आउँदा विद्यार्थी दंग

बर्दियाको बासगढी नगरपालिका–७, लक्षमनास्थित पूर्णहिरा माविमा सोमबार साढे १० बजे संघीय सांसद सञ्जय गौतम एक्कासि झुल्किए। उनी आएको देखेर विद्यार्थीसँगै प्रधानाध्यापक गोपाल सुवेदी पनि अचम्मित भए।

संगठनको आडमा मेडिकल कलेजको ठगी

त्रिभुवन विश्वविद्याल (त्रिवि) बाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरूले संगठनको आडमा विद्यार्थीमाथि ठगी गरेको पाइएको छ। मन्त्रिपरिषद्को निर्णयलाई अवज्ञा गर्दै विभिन्न शीर्षकमा चर्को शुल्क असुलेर ती कलेजहरूले विद्यार्थीमाथि ठगी गरेको पाइएको हो।

विद्यार्थीले सांसदलाई सुनाए विद्यालयका समस्या

बासगढी नगरपालिका–७ लक्षमनास्थित पुर्णहिरा माविमा संघीय सांसद संजय गौतम सोमबार साढे १० बजे एक्कासी झुल्किए।

इस्लिङटन कलेजका २९१ विद्यार्थी दीक्षित

लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा संचालित कमलपोखरी इस्लिङटन कलेजले स्नातक उपाधि हासिल गरेका २ सय ९१ विद्यार्थीलाई दीक्षित गरेको छ। काठमाडौंमा आयोजित समारोहमा विश्वविद्यालयका उपकुलपति प्रा. डोमेनिक पामर ब्राउनले दीक्षित विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए।

समाजसेवामा सेना : दलित विद्यार्थीलाई शैक्षिक सहयोग

कक्षा २ कि छात्रा पुजा नेपाली नयाँ स्वीटर, स्कुल र स्टेसनरी ब्याग पाउँदा दंग थिइन। जाडो महिना भएपनि गरिबीका कारण न्यानो कपडा विना विद्यालय जाने पुजा जस्तै अन्य १०२ जना बिद्यार्थीको अनुहार उज्यालो देखिन्थ्यो। ‘यसपालीको जाडो राम्रो हुने भो। चिसोमा लगाउने स्वीटर, नयाँ ब्याग र कापी कलम पनि पाएका छौं’, छात्र अभिषेक सुनारले भने। उनीजस्तै सबैको एउटै धारणा थियो ‘यसपालीको जाडोमा सहज हुने भयो।’

खाली खुट्टा विद्यालय जान्छन् चेपाङ

यसै महिनाको गत १० गते सोमबार जिल्लाको इच्छाकामना गाउँपालिका–२ कल्याणटारस्थित जनप्रिय माध्यमिक विद्यालयको प्रांगणमा सोही विद्यालय र आसपासका पाँचवटा विद्यालयका विद्यार्थी भेला भएका थिए।

११ जनालाई ज्ञान उदय वाइवाई छात्रवृत्ति

सिजी फुड्स (नेपाल) प्रालिले ललितपुर महानगरपालिका वडा नं १८ स्थित कारखाना क्षेत्रमा बसोबास गर्ने विद्यार्थी र कारखानामा कार्यरत स्थायी कर्मचारीका छोराछोरीमध्येबाट उत्कृष्ट ११ जनालाई ज्ञान उदय वाइवाई छात्रवृत्ति वितरण गरेको छ।

गृहकार्य नगरेको निहुँमा विद्यार्थीलाई यातना

ललितपुरको एक सरकारी विद्यालयका गृहकार्य नगरेको निहुँमा विद्यार्थीलाई यातना दिँदा त्रासले विद्यार्थी विद्यालय जानै छाडेका छन्।

सन्दीप लामिछाने बने जेभियरको विद्यार्थी

जेभियर इन्टरनेशनल स्कूल र कलेजका ब्राण्ड एम्बासडर रहँदै आएका युवा क्रिकेटर सन्दीप लामिछाने अब जेभियरका नियमित विद्यार्थी पनि भएका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित बनेका युवा क्रिकेटर सन्दिप लामिछाने मंगलवारदेखि जेभियरमा भर्ना भएका हुन्।

प्राविधिक विषयले तान्यो त्रिविमा विद्यार्थी

केही वर्ष विद्यार्थीको सङ्ख्यामा कमि आएको त्रिभुवन विश्वविद्यालयमा भर्ना दर फेरि बढेको छ। त्रिविमा प्राविधिक विषय पढाइ हुन थालेपछि पुनः विद्यार्थी सङ्ख्यामा वृद्धि हुन थालेको हो।

आन्दोलन र बेथितिको अखडा

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा आन्दोलन चलेको लामो समय भयो। यस वर्षको दसैंतिहार बिदापछि विश्वविद्यालय खुलेको छैन। कात्तिक २५ देखि विद्यार्थी निरन्तर आन्दोलनमा छन्।

दृष्टिविहीन विद्यार्थीलाई गणित र विज्ञानको चिन्ता

रत्ननगर नगरपालिका–९, चितवनकी कविता बराल दृष्टिविहिन विद्यार्थी हुन्। माध्यमिक शिक्षा परीक्षा ‘एसइई’ पुरा गरि उनी अहिले कक्षा ११ मा अध्ययनरत छिन्।

नेविसंघ असन्तुष्ट पक्षकाे माग : विधानअनुसार १२ औँ महाधिवेशन हुनुपर्छ

नेपाल विद्यार्थी सङ्घका असन्तुष्ट समूहले १२ औँ महाधिवेशन तत्काल गर्न माग गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै सहमहामन्त्री हरिहर शर्माले सङ्घको विधानअनुसार तत्काल अधिवेशन गर्न माग गरे।

महालक्ष्मी विकास बैंकको सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको चन्द्रौटा शाखाले कपिलवस्तुको खुरखुरियास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग, पोसाक तथा सरसफाइका सामान सहयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्