२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

जनज्योति क्याम्पसमा नेविसंघले लगायाे ताला

जनज्योति बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थीले साेमबार अनिश्चितकालीन तालाबन्दी गरेका छन्।

विद्यार्थीमा अनुसन्धान संस्कृति विकास हुँदैै

विश्वविद्यालयमा शिक्षकले एकोहोरो पढाउने र विद्यार्थीले सुन्ने परम्परालाई विज्ञान, इन्जिनियरिङ र प्रविधि विषयका विद्यार्थीले अनुसन्धान संस्कृतिलाई अपनाइरहेको पाइएको छ।

विप्लव निकट विद्यार्थी संगठनद्धारा भारतविरुद्ध बुटवलमा प्रदर्शन

भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेको विरोधमा विप्लव नेतृत्वको नेकपा निकटको अनेरास्ववियू (क्रान्तिकारी) ले आइतबार बुटवलमा प्रदर्शन गरेको छ। भारतको विरोधमा एकैचोटी विद्यार्थीहरु सडकमा उत्रिंदा बुटवलको यातायात क्षेत्र केहि बेर अवरुद्ध नै बन्यो।

नेसनल मेडिकल कलेजमा विद्यार्थीमाथि फेरि आक्रमण

नेसनल मेडिकल कलेज वीरगञ्जको एबिबिएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीमाथि फेरि आक्रमण भएको छ। कलेज प्रशासनविरुद्ध आन्दोलन गरेको भन्दै कलेजले गुन्डा परिचालन गरेर विद्यार्थीहरुलाई पिट्न लगाएको हो।

‘बनाउन सक्दैनौ भने नभत्काऊ’

नयाँ काम सम्भव छैन भनेर काम गर्नेलाई अवरोध पु¥याउने संस्कार नै हाम्रो प्रगतिको मूल बाधक हो। त्यसैले बनाउन सक्तैनौँ भने भत्काउने काम नगरौँ, सिर्जना गर्न सक्तैनौँ भने विनाश नगरौँ। हामीले सहयोग, सहकार्य र रचनात्मक आलोचनाको संस्कृतिलाई प्रोत्साहित गर्न सक्यौँ भने हामीसँग रहेका ऊर्जा र स्रोतलाई प्रस्फुटन गराउन र सदुपयोग गर्न सक्नेछौँ।

९६ विद्यार्थीलाई पोशाक वितरण

जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष माईतीराज राईले स्वर्गीय बाबुको सम्झनामा ९६ छात्र/छात्रालाई पोशाक वितरण गरेका छन्।

कानुनका विद्यार्थी ट्राफिक स्वयंसेवक बन्दै

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयंसेवकका लागि कानून संकायका विद्यार्थी परिचालन गर्ने भएको छ।

दृष्टिविहीन विद्यार्थीले पाए सुरक्षित आवास

दाङको राप्ती गाउँपालिका–२ स्थित आदर्श नमूना माविको दृष्टिविहीन छात्रावास निर्माणका लागि विदेशबाट सहयोग प्राप्त भएको छ। छात्रावास जीर्ण हुँदा दृष्टिविहीन विद्यार्थीलाई पठनपाठनमा असहज हुने गरेको थियो।

आर्थिक अभाव झेल्दै दुर्गमका विद्यालय, विद्यार्थीको संख्या समेत घट्दै

जिल्लामा रहेका अधिकांश विद्यालयहरु विभिन्न शिर्षकमा विद्यार्थीसंग पैसा उठाएर चलिरहेका छन्। करिब ६० प्रतिसत दरबन्दी कम भएका कारण यहाँका विद्यालयहरुले निजी श्रोतका शिक्षकलाई तलब खुवाउन पैसा उठाउनु परिरहेको हो।

भारतको विरोधमा विद्यार्थी सडकमा

भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपालको भूमि राखिएको विरोधमा भक्तपुरको एउटा स्कुलका स–साना विद्यार्थीले मंगलबार प्रदर्शन गरेका छन्। भक्तपुरको देकोचास्थित जेन्युइन सेकेन्डरी स्कुलका कक्षा ४ देखिका स–साना विद्यार्थीले भक्तपुरमा प्रदर्शन गरेका हुन्।

घरकै खाजा, कति मज्जा...

विद्यार्थीको जन्मदिनमा चोकोफन र चक्लेटको सट्टा विद्यालय हाताभित्र एउटा फूलको बिरुवा रोप्ने अभियानसमेत चलाइएको छ। जन्मदिनमा रोपेको बिरुवामा तिनै विद्यार्थीको नाम लेखिने गरिन्छ।

भारतविरुद्ध प्रदर्शन गर्ने विप्लवनिकट विद्यार्थी नेता पक्राउ

भारतले नेपाली भूमि समावेश गरेको नक्सा सार्वजनिक गरेको विरोधमा प्रर्दशनमा उत्रिएका नेत्र विक्रम चन्द नेतृत्वको अखिल (क्रान्तिकारी) मा आवद्ध दुई दर्जन बढि विद्यार्थी नेताहरुलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

दुर्घटनामा विद्यार्थी नेता शाहीको मृत्यु

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा घाइते विद्यार्थी नेताको मृत्यु भएको छ। मोटरसाइकल चालक विद्यार्थी नेता कनकासुन्दरी गाउँपालिका–५ जुम्लाका पदमबहादुर शाहीको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले जानकारी दिए।

लेबनानमा विद्यार्थीको प्रदर्शन

चार साता अघिदेखि आन्दोलनमय लेबनानमा बिहीबार हजारौं विद्यार्थीले सडकमा प्रदर्शन गरेका छन्।

अभिभावक र विद्यार्थी संगसंगै स्कुलमा

जुम्लाको सिँजा गाउँपालिकाको एक विद्यालयमा विद्यार्थी र अभिभावक संगसंगै स्कुलमा पुग्छन्। भाँडगाउँ स्थित देउती आधारभूत विद्यालयमा विद्यार्थी र अभिभावक एकसाथ विद्यालयमा आउन थालेपछि शिक्षक दंग पर्छन्। स्कुलमा त विद्यार्थी आउने हो तर अभिभावक किन आइराख्छन् भन्ने चासो शिक्षकमा भइरहन्छ। अभिभावक शिक्षकले विद्यार्थीको भविष्य माथि खेलवाड गर्न सक्ने भन्दै स्कुलमा जाने गरेको बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्