२० आश्विन २०८१ आइतबार
image/svg+xml

राजनीति र खेलकुदकर्मीले खोले ‘जिम टाउन’

पोखराको बगरमा ‘जिम टाउन’ सञ्चालनमा आएको छ। पोखरा महानगरपालिका–१ बगरमा पाँच करोड रुपैयाँको लगानीमा जिम, स्विमिङ पुल र रेष्टुरेण्टसहितको ‘जिम टाउन’ सञ्चालनमा आएको हो।

जिल्ला खेलकुद बिकास समितिमा तालाबन्दी

खेल क्षेत्रमा चरम लापरबाही र आर्थिक हिनामिना गरेको भन्दै स्थानीय खेलाडीहरुले जिल्ला खेलकुद बिकास समितिको कार्यालयमा तालाबन्दी गरेका छन्। संघर्ष समिति बनाएका उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका हुन्।

पोखरा महानगरको बजेटः खेलकुद प्रवर्द्धनात्मक कार्यक्रमलाई दुई करोड

पोखरा महानगरपालिकाले पोखरामा खेलकुद पूर्वाधार र प्रवर्द्धनात्मक कार्यक्रमलाई दुई करोड रुपैयाँ बजेट छुट्टाएको छ। छुट्टाइएको बजेट गत वर्षको भन्दा केही बढी हो।

खेलकुद विश्वविद्यालयसम्बन्धी कार्यदल गठन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदको समग्र विकासका लागि खेलकुद सम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनुपर्ने आवश्यकतालाई मध्यनजर गरी खेलकुद विश्वविद्यालयसम्बन्धी कार्यदल गठन गरेको छ।

योगलाई खेलकुदसँग जोड्नुपर्छ: मन्त्री गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले योगलाई खेलकुदसँग जोडेर हेर्नुपर्ने बताएका छन्।

सुटिङमा आर्मीको दबदबा

ओलम्पिक दिवसका अवसरमा शनिबारबाट सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा सुटिङ प्रतियोगिता सुरु भएको छ।

‘फिफ्टिन ‘ए’ साइड रग्बीमा जित लक्ष्य

बंगलादेशसँगको रग्बी सिरिजबाट पहिलो पटक ‘फिफ्टिन ‘ए’ साइडमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न लागेको नेपालले जित निकाल्ने लक्ष्य राखेको छ।

एशियन गेम्सका लागि महिला भलिबलको प्रशिक्षण सुरु

चीनको हाङ्गझाउमा आयोजना हुने १९औं एशियाली खेलकुदका लागि भलिबल संघले पहिलो चरण प्रशिक्षण सुरु गरिसकेको छ। भलिबल संघले प्रारम्भिक ३५ महिला खेलाडीको छनोट गरेपनि राष्ट्रिय खेलकुद परिषदले २५ खेलाडीलाई समेट्दै अभ्यास गराइरहेको हो।

टिम क्यानडालाई उपाधि

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजना गरेको ’एनएसएजएफ फुटसल फेस्टिभल’ को उपाधि टिम क्यानडा (सन्तोष) ले जितेको छ।

निमा र दीपक वर्ल्ड गेम्समा

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेताद्वय उसुका निमा घर्तीमगर र दीपक हमालले अमेरिकामा हुने वर्ल्ड गेम्स २०२२ मा नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्ने भएका छन्।

बन्द प्रशिक्षण बुधबारदेखि

चीनमा आयोजना हुने १९औं एसियाली खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो चरणको बन्द प्रशिक्षण बुधबारबाट सुरु गर्ने भएको छ।

आज प्रतिनिधिसभाको बैठक बस्दै

आज बिहान साढे ११ बजे बस्ने बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्।

‘सरकार र दलबाटै उपेक्षा हुँदा छुवाछूत उन्मूलन भएन’

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्लिसिनाले नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १६ वर्ष बितिसक्दा पनि राज्य र राजनीतिक दलहरूको उपेक्षाका कारण छुवाछूत उन्मूलन हुन नसकेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्