३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

सुटिङमा आर्मीको दबदबा

ओलम्पिक दिवसका अवसरमा शनिबारबाट सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा सुटिङ प्रतियोगिता सुरु भएको छ।

प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे। प्रतियोगितामा पुरुषतर्फ २६ पुरुष र महिलामा २४ गरी कुल ५० खेलाडी सहभागी छन्। नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले पुरुष/महिला १० मिटर एयर राइफल र पेस्तोलतर्फ व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा हुने जानकारी दिए। पहिलो दिनको खेल सकिँदा पुरुष राइफलमा नेपाल आर्मी क्लबका कुमार कार्की ३९३.८, आर्मीकै नारायणसिंह दोङ ३९३.४ र नेपाल प्रहरी क्लबका धनबहादुर विक ३८५.५ अंकका साथ क्रमशः शीर्ष तीन स्थानमा छन्।

सो स्पर्धाको महिलामा आर्मीकी सुबिना तामाङ ३ सय ९२ अंकमा पहिलो तथा प्रहरीकी रत्ना चौधरी ३५६.३ अंकमा दोस्रो स्थानमा रहिन्। पुरुष पेस्तोलमा प्रहरीका मानबहादुर घले ३ सय ६४ अंकका साथ पहिलो, आर्मीका खेमराज ओली ३ सय ५९ अंकसहित दोस्रो तथा आर्मीकै आदित्य खड्का ३ सय ५७ अंकका साथ तेस्रोमा छन्।

उक्त स्पर्धाको महिलामा आर्मीकी हेमा चौधरी ३ सय ४५ अंकसहित पहिलो, आर्मीकै राधिका घर्ती ३ सय ३६ अंकसहित दोस्रो र ललितपुरकी ज्योति थापा २ सय ६७ अंकसहित तेस्रो स्थानमा छन्। चारै स्पर्धामा चार सय पूर्णाङकमा प्रतिस्पर्धा भइरहेको छ। ४ सय पूर्णाङ्कमा गरेको प्रदर्शनकै आधारमा प्रतियोगिताको अन्तिम दिन मंगलबार स्वर्ण, रजत र कांस्य जित्ने खेलाडीको टुंगो लाग्नेछ।

प्रकाशित: ५ असार २०७९ ०३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App