२३ आश्विन २०८१ बुधबार
image/svg+xml

रजत विजेता प्याराग्लाइडिङ टोली स्वदेश फिर्ता

इन्डोनेसियामा आइतबार सम्पन्न १८ औं एसियाली खेलकुदमा रजत विजेता नेपाली प्याराग्लाइडिङ पुरुष टोली स्वदेश फर्किएको छ। नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा लगायत खेलकुद पदाधिकारीले स्वागत गरेका छन्।

आयोजककै तयारी छैन

पूर्वाधार निर्माण समयमै सम्पन्न भए अबको ९७ दिन पछि नेपालगन्ज रंगशालामा आठौं राष्ट्रिय खेलकुदको उदघाटन हुनेछ । तर कछुवा गतिको तयारीले समयमै प्रतियोगिता हुनेमा अशंका बढाएको छ।

पदक जित्ने तयारीमा खेलाडीको जग्गा सहकारीमा

प्यराग्लाइडिङ उडानमा ग्लाइडर, हार्नेस, प्यारासुट, जिपिएस, रेडियो सेट, ब्यारोमिटर, इलोक्ट्रोनिक कम्पास, पञ्जा, हेल्मेट लगायतका साधन कम्तिमा चाहिन्छन् । एक सेट यी सामान किन्दा झन्डै ७ लाख रूपैयाँ खर्च लाग्छ।

बास्केटबल खेलाडीमाथि १ वर्षको प्रतिबन्ध

जापान ओलम्पिक कमिटीले सोमबार इन्डोनेसियामा जारी एसियाली खेलकुदका क्रममा महिलासँग रात बिताएको आरोप लागेका ४ बास्केटबल खेलाडीमाथि १ वर्षको प्रतिबन्ध लगाएको छ।

दुई नेपाली खेलाडी प्रतियोगिताबाट वञ्चित

दुई नेपाली खेलाडी एसियाली खेलकुद खेल्नबाट वञ्चित भएका छन्। इण्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सका २ नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित भएका हुन्।

मोराडीको विश्व कीर्तिमान

इरानका सोराब मोराडीले शनिबार एसियाली खेलकुदअन्तर्गत भरोत्तोलनमा स्वर्ण पदक जित्ने क्रममा १९ वर्षदेखि कायम रहेको विश्व कीर्तिमान तोडेका छन्।

टेबल टेनिस टोली इन्डोनेसिया प्रस्थान

इन्डोनेसियमा जारी १८औं एसियाली खेलकुदमा सहभागिता जनाउन नेपाली टेबल टेनिस टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ।

ब्याड्मिन्टनमा प्रारम्भिक सफलता

ब्याड्मिन्टनमा नेपाली टोलीले सफलताका कथा रच्ने क्रममा एसियाली खेलकुदअन्तर्गत पुरुष युगलमा मंगोलिया तथा महिला एकलमा माल्दिभ्समाथि जित हासिल गर्दै अन्तिम १६ को यात्रा तय गरेको छ।

सदस्यसचिवको दाबी हावादारी

नेपालले पदक जित्ने भनेर निक्कै प्रचार गरिएको उसुमा बुधबार सुस्मिता तामाङ महिला छान छ्वानमा असफल भएसँगै एसियाली खेलकुदमा चुनौती समाप्त भएको छ।

कमलबहादुरले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

१०औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदकधारी भारोत्तोलक कमलबहादुर अधिकारीले १८औं एसियाली खेलकुदअन्तर्गत बुधबार जकार्ताको जेआई एक्सपोस्थित भारोत्तोलन हलमा आफ्नै नाममा रहेका सबै राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन्।

गौरिका फेरि असफल

नेपाली पौडीमा सनसनी मच्चाएकी गौरिका सिंह १८औं एसियाली खेलकुदमा लगातार दोस्रो दिन राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने लक्ष्यमा चुकेकी छिन्।

तेक्वान्दोको गौरव इतिहासमै सीमित

एसियाली खेलकुदको इतिहासमा नेपालका लागि तेक्वान्दो सबभन्दा सफल खेल हो । विश्व खेलकुदमै ओलम्पिकपछि दोस्रो ठूलो खेलमहोत्सवका रूपमा लिइने महादेशीय खेलकुदको कुम्भमेलाको पछिल्ला १७ संस्करणसम्ममा नेपालले १ रजतसहित कुल २३ पदक मात्र जित्न सकेको छ।

एसियाली खेलकुदः भलिबलमा नेपाल चाइनिज ताइपेइको सामना गर्दै

इण्डोनेसीयाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदको पाँचौ दिन बुधबार (आज) नेपालले पुरुष भलिबलको पहिलो खेलमा चाइनिज ताइपेइसँग खेल्दैछ।

तेक्वान्दोमा तेस्रो दिन पनि नेपाल पदकविहीन

इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोको तेस्रो दिन पनि नेपाल पदकविहीन बनेको छ।

एसियाली खेलकुदः शिरीष ४६ औं स्थानमा सीमित

एसियाली खेलकुदको पौडीमा नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा ४६ औं स्थानमा चित्त बुझाएका छन्। योसँगै उनी हिट चरणबाटै बाहिरिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्