२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अष्टलक्ष्मीसहित १४ लाई स्पष्टीकरण सोध्ने एमाले संसदीय बोर्डको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभाको संसदीय बोर्डले १४ प्रदेशसभा सदस्यलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।

भ्याक्सिन ल्याउने काम निजी क्षेत्रलाई दिन बन्द गरः नेपाल

नेता नेपालले कोरोना भ्याक्सिन खरिदमा कमिशन नमिलेका कारण मुलुकभित्र खोप ल्याउन अवरोध गर्नु मानवताविरोधी कार्य र अपराध भएको जनाउँदै कोरोनाको भ्याक्सिन ल्याउने काम निजी क्षेत्रलाई दिन नहुने समेत बताएको छ।

अग्रगामी शक्ति एकताबद्ध हुनपर्नेमा अध्यक्ष दाहालको जोड

लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले देशको आर्थिक विकास र संविधानको रक्षाका लागि प्रतिगमनविरोधी शक्ति एकजुट हुनुपर्ने बताएका हुन्।

संसद्को रक्षार्थ समर्थन फिर्ता लिएनौंः सांसद बस्नेत

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले संसद्को रक्षा गर्न आफ्नो पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएको स्पष्ट पारे।

सरकारले मेलम्चीको पानी देखाएर पेट्रोल र डिजलको भाउ बढायोः सांसद महत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा सांसद गजेन्द्रबहादुर महतले सरकारले मेलम्चीको पानी देखाएर पेट्रोल र डिजलको भाउ बढाएको आरोप लगाएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महतले सरकारले विकास देखाएर जनतालाई महंगीको मारमा पारेको आरोप लगाएका हुन्।

सरकारलाई काम चलाउ भन्न सुहाउँदैनः गोकुलप्रसाद बाँस्कोटा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारलाई काम चलाउ भन्न नसुहाउने तर्क गरेका छन्। प्रतिनिधि सभाको आजको विशेष समयमा भाग लिँदै सांसद बाँस्कोटाले समर्थन फिर्ता लिन र विकल्प प्रस्तुत गर्न नसक्ने पक्षले वर्तमान सरकारलाई काम चलाउ भन्न नसुहाउने तर्क गरेका हुन्।

आन्दोलनको बलमा संसद् पुनःस्थापना भए पनि खतरा अझै टरेको छैन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको सात दशकदेखिको सङ्घर्षबाट प्राप्त उपलब्धि उल्ट्याउन खोजिएको बताएका छन्।

एमालेको १०औँ महाविधेशन आगामी मङ्सिरमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी २०७८ मङ्सिर २ देखि ६ गतेसम्म पार्टीको १०औँ महाधिवेशन आयोजना गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सो दलको केन्द्रीय कमिटीको बैठकले २६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गरेको हो।

प्रधानमन्त्रीमा मेरो दाबी छैन : प्रचण्ड

उनले भने, “अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ।” “सहमति अब धेरै टाढा छैन”, उनले भने। लोकतन्त्र, समावेसी, समानुपातिक र संविधानविरुद्धका चलखेल अझै पनि नरोकिएको उनले बताए।

संविधान सिध्याएरै छाड्ने केपीको दु:साहस पूरा हुन दिंदैनौं : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र परिवर्तनलाई सिध्याएरै छाड्ने मनसाय बनाएको आरोप लगाएका छन्। 'राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा केपीको प्रस्तुतिले संविधान र लोकतन्त्रलाई सिध्याएरै छाड्ने मनसाय देखियो,' अध्यक्ष दाहालले भने 'संविधान सिध्याएरै छाड्ने केपीको दु:साहस पूरा हुन दिंदैनौं।'

धुम्बाराहीमा एमालेको मुख्यालय

(एमाले) को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ। एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो। धुम्बाराहीस्थित एमालेको कार्यालयको नाम र साइनबोर्ड मंगलबार फेरिने भएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए।

प्रचण्ड र नेपालले लगाए कोरोनाविरुद्धको खोप (फोटो फिचर)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्तर्गतको प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

सामाजिक सुरक्षा भत्ता दुई वर्षभित्र पाँच हजार पुर्‍याउँछौँ : माधकुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधकुमार नेपालले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने बताएका छन्। भरतमोहन अधिकारी स्मृति फाउण्डेशन काठमाडौं र विष्णुमाया पुस्तकालय विराटनगरद्वारा मंगलबार यहाँ आयोजित भरतमोहन अधिकारी दोस्रो स्मृति दिवसमा उनले स्व अधिकारीले शुरुआत गरेको सामाजिक सुरक्षा भत्ता दुई वर्षभित्र पाँच हजार पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्रीका पक्षमा ९२ सांसद, अबको प्रधानमन्त्री पनि ओली नै हुन्ः महेश बस्नेत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रतिनिधिसभाका ९२ जना सांसद पुग्ने जिकिर गरेका छन्।

प्रधानमन्त्री अल्पमतमा हुनुहुन्न, आवश्यक परे बहुमतसिद्ध गरेर देखाउन सकिन्छः मुख्य सचेतक भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नवनियुक्त मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका पक्षमा अहिले पनि सयभन्दा बढी प्रतिनिधिसभा सदस्य रहेको जिकिर गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्