२६ आश्विन २०८१ शनिबार
image/svg+xml

भूउपग्रह खसाल्न सफल भएको भारतको दाबी

भारतले पृथ्वीको तल्लो कक्षमा रहेको एक भूउपग्रहलाई क्षेप्यास्त्र आक्रमण गरेर खसाल्ने परीक्षण सफलताका साथ सम्पन्न गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार बताएका छन्। प्रधानमन्त्री मोदीले बुधबार राष्ट्रका नाममा एउटा अप्रत्याशित सम्बोधन गर्दै देश अब ‘अन्तरिक्ष शक्तिका रूपमा स्थापित’ भएको घोषणा गरेका हुन्।

भारतीय चुनावका पृथक आयाम

बिहारको बेगुसारियाबाट कन्हैया कुमारलाई चुनाव लडाउन संयुक्त विपक्ष मोर्चाले अस्वीकार गरेको समाचार आउनु कुनै आश्चर्यको विषय होइन। आफ्नो अनुकूल समयमा यस्तो निर्णयले भारतीय कम्युनिस्ट पार्टी(भाकपा)लाई पक्कै पनि आक्रोशित बनाएको हुनुपर्छ।

बुटवलमा गोली चल्यो, भारतीय नागरिकको मृत्यु

बुटवलको मैनाबगरमा अज्ञात समूहको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ। मैनाबगर अटो भिलेजमा काम गर्ने भारतीय नागरिक फिरोज खानको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गोली प्रहाराबाट घाइते खानलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो।

भारतीय विदेश सचिव गोख्ले भाेलि काठमाडौं आउँदै

भारतका विदेश सचिव विजय गोख्ले नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा बिहीबार काठमाडौँ आउँदै छन्। आफ्ना नेपाली समकक्षी शङ्करदास वैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न उनी आउन लागेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

प्रमुख राज्यको चुनावी अभियानमा साम्प्रदायिक गन्ध

विश्वकै ठूलो लोकतन्त्र भएको भारतलाई अहिले संसदीय निर्वाचनले छपक्कै छोपेको छ। विभिन्न सात चरणमा सम्पन्न हुने भारतको तल्लो सदन लोकसभाको निर्वाचनको पहिलो चरणको मतदान अप्रिल ११ जति नजिकिँदै छ, त्यत्ति नै चुनावी अभियान पनि तीब्र बनेको छ। १९ मे मा अन्तिम चरणको मतदान हुनेछ।

भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा

भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिव परिवारलाई बार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गरेका छन्। न्यूनतम आय योजना (न्याय) कार्यक्रम लागु गरेर अति गरिबीको रेखामुनि रहेका २० प्रतिशत परिवारलाई बैंक खातामै ७२ हजार रुपैयाँ उपलब्ध गराउने उनले बताए। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विश्वलाई नै उदाहरणीय हुनेगरी यो योजना ल्याइएको जानकारी दिए।

पाकिस्तानको राष्ट्रिय दिवसमा भारत अनुपस्थित

पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा भारत अनुपस्थित भएकाे छ। शनिबार मनाइएको पाकिस्तानको राष्ट्रिय दिवस मुल समारोहमा अनुपस्थित हुने निर्णय भारतले शुक्रबार गरेको थियो। जम्मु कश्मिरमा उत्पन्न पछिल्लो तनावपछि विग्रिएको सम्वन्धका कारण पाकिस्तानी कार्यक्रममा सहभागी नहुने निर्णय भएको भारतीय अधिकारीहरुले बताएका छन्।

महिला साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिड्दै

पाँचाैं संस्करणकाे महिला साफ च्याम्पियनसिप फुटबलकाे उपाधिका लागि शुक्रबार (आज) घरेलु टाेली नेपाल र भातरबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल विराटनगरस्थित सहिद रंगशालामा दिउँसो ३ बजे हुनेछ।

महिला साफ च्याम्पियनसिप : चौथो पटक भारत नै फाइनल प्रतिद्वन्द्वी

नेपालमा जारी पाँचाैँ साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले चौथो पटक अन्तिम दुईमा स्थान बनाउँदा साबिक विजेता भारत नै प्रतिद्वन्द्वी पाएको छ।

पिएसओ कम, पिए बढी

२०१७ सालमा बिपी कोइराला प्रधानमन्त्री हुँदा उनका ‘पर्सनल सेक्युरिटी अफिसर’ (पिएसओ) थिए– नेपाल प्रहरीका डिएसपी प्रेमबहादुर गुरुङ। उनी भारतीय सेनाको जागिर छोडेर कांग्रेसले सञ्चालन गरेको राणाविरोधी सशस्त्र आन्दोलनमा मुक्तिसेनाका लडाकु थिए।

महिला साफ च्याम्पियनसीपः उपाधिका लागि नेपाल भारतसँग भिड्ने

पाँचौं महिला साफ च्याम्पियनसीपको उपाधिका लागि नेपालले भारतको सामना गर्ने भएको छ। बंगलादेशलाई सेमीफाइनलमा  ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको भारत उपाधिका लागि नेपालको प्रतिस्पर्धी बनेको हो। यसअघि श्रीलंकालाई ४–० गोल अन्तरले नै पराजित गर्दै नेपाल फाइनलमा पुगेको थियो।

जेल जानबाट मुकेश अम्वानीले यसरी जोगाए भाइ अनिललाई

मुकेश अम्वानीले आफ्ना भाइ अनिल अम्वानीलाई जेल जानबाट बचाएका छन्। रिलायन्स कम्युनिकेसनका अध्यक्ष अनिलले एरिक्सनको तय गरेको समय सीमामा ७.७ करोड डलर भुक्तान गर्न नसक्दा जेल जाने स्थिति आएको थियो।

उम्मेदवार छान्न भाजपाको बैठक

भारतको केन्द्रीय सरकार सञ्चालन गरिरहेको भारतीय जनता पार्टी (भाजपा)ले आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छान्न शनिबार केन्द्रीय निर्वाचन समितिको बैठक सम्पन्न गरेको छ।

भारतका पूर्व रक्षामन्त्री पर्रिकरको निधन

भारतकाे गोवाका मुख्यमन्त्री एवं पूर्व केन्द्रीय रक्षामन्त्री मनोहर पर्रिकरको ६३ वर्षको उमेरमा निधन भएको छ। पर्रिकर पछिल्लो एक वर्षयता क्यान्सरबाट पीडित रहेको बीबीसी हिन्दीले जनाएको छ। उनको उपचार अमेरिका र नयाँ दिल्लीस्थित एम्स र मुम्बईको निजी अस्पतालमा चलिरहेको थियो।

कर्णाली प्रदेशलाई भारतसँग जोड्ने छोटो दुरीमा पुल

साबिक सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका बासिन्दाले दशकौंअघि पैदल यात्रा गरेको परम्परागत बाटो अब सडक सञ्जालमा जोडिने भएको छ। कैलाली र सुर्खेत जिल्लाको कुइनेमा निर्माणाधीन कर्णाली नदीको पुलले यो बाटोलाई सडक सञ्जालसँग जोड्ने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्