२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बढ्दै भारतविरोधी भावना

केही दिनअगाडि एक नेपाली अनलाइनले नाकाबन्दीपछि ४ वर्षसम्म पनि नेपालसँग सम्बन्ध सामान्य अवस्थामा नफर्किएको निष्कर्ष निकाल्दै भारतका विदेश मामिला विज्ञहरूले चासो व्यक्त गरेको समाचार प्रकाशन ग¥यो। भारतीयहरूको बुझाइमा नेपालमा भारतविरोधी भावना बढ्दै गएको छ। समाचारमा नेपाल चीनतिर ढल्किएको भन्दै भारतीयहरूले चिन्ता व्यक्त गरेको पनि उल्लेख छ। भारतका एकजना विज्ञको भनाइ उद्धृत गर्दै सो समाचारमा भनिएको छ– ‘आर्थिक विकासमा चीनसँग नीतिगत सहकार्य गर्ने र नेपालमा चीनको लगानी प्रवद्र्धन गर्ने बुँदामा भारतको विशेष चासो छ।’

पहाडी गाउँमा पनि भारतीय तरकारी र फलफूलको बिगबिगी

ताप्लेजुङको फुरुम्बोगढी बजारमा बिहानको खाजा खाने क्रममा कसैले थप खुर्सानी र प्याज माग्यो। तिनैमध्येका धर्म पौडेलले टिप्पणी गरे, ‘यो सब भारतकै त होला नि ?’

भारतीय मिचाइले बिचल्ली

भारतीय पक्षको एकलौटीपन र हेपाहा व्यवहारका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–५, ७ र १२ का पाँच सयभन्दा बढी परिवार तीन दिनदेखि घरबारविहीन अवस्थामा छन्। निरन्तर वर्षाबीच कोही पाल टाँगेर त कोही खुला आकाशमुनि नै लालाबाला तथा वृद्धवृद्धासहित कोसी पश्चिमी तटबन्धमाथि दिन काट्न बाध्य छन्।

भारतको चन्द्रयान–२ अन्तिम समयमा स्थगन

भारतले चन्द्रयान प्रक्षेपणको कार्यक्रम प्राविधिक समस्या देखाउँदै उड्नु एक घण्टाअघि स्थगन गरेको छ। यसबाट चन्द्रमामा अन्तरिक्ष यान ओराल्ने चौथो मुलुक बन्ने भारतको अभियानमा ढिलाई भएको छ।

भारतीय नहर भत्काएपछि जोगिए नेपालका दर्जनभन्दा बढी गाउँ

दुई दिनदेखि डुबानमा परेको पर्साको छिपहरमाई गाउँपालिकाका दर्जन बढी गाउँ सीमापारीको भारतीय नहर काटेपछि अहिले जोखिमबाट निस्किएको छ। ओरिया नदी र बर्खे पानीको निकास साघुरो भएकोले पर्साको पश्चिमी क्षेत्र छिपहरमाई गाउपालिका क्षेत्रका दर्जन गाउँ हरेक वर्ष बाढीको जोखिममा पर्छन्। सीमा नजिकै भारततर्फ निर्माण भएका सडक, नहर र रेल लाइनका कारण पानीको निकासमा समस्या छ।

कोशी ब्यारेजका ढोका बन्द गर्न भारतीय दबाब

अविरल वर्षाले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ। एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने काेशीमा दिउँसाे २ बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए।

भारतले दशगजामै बाँध बनाएपछि पानीको निकास बन्द

रौतहटमा दुई नदीको बाँध भत्किएर दर्जन भन्दाबढी गाउँमा डुबानमा पारेका छन्। कटहरिया स्थित लाल बकैया र गढीमाईको बागमती नदीको बाँध भत्किएर त्यसक्षेत्र वरपरका गाउँ डुबानमा परेका हुन्। बाँध भत्किएर गाउँको बाटो हुँदै भारततिर बगेको पानी सीमा नाकामै जम्मा हुन लागेको छ। उता भारतीय पक्षले सीमा नाका मा ठूलो बाँध बनाएपछि सीमा नाकामै पानी जम्मा हुन लागेको छ।

किन लुकाइयो विषादीबारे भारतीय पत्र? कृषिमन्त्री भन्छन्–परराष्ट्रले जवाफ दिनुपर्छ

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले तरकारी तथा फलफूलको विषादी परीक्षणका सम्बन्धमा भारतीय दुतावासले पठाएको पत्रबारे उठेको प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने बताएका छन्।

भारतमा भवन भासिँदा तीन नेपालीको मृत्यु

भारतमा भवन भासिँदा एकै परिवारका तीन नेपालीसहित पाँच जनाको ज्यान गएको छ। ज्यान गुमाउने नेपाली बैंगलोरस्थित शिवनगरस्थित ‘साइ आदि अम्बल’, अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने गरेका थिए।

न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनलमा

सन् २०११ को विजेता भारतलाई स्तब्ध बनाउँदै न्युजिल्यान्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

शारदा नहरमा बस खस्यो, ३२ नेपालीको जीवितै उद्धार

भारतको उत्तर प्रदेश प्रान्तमा रहेको शारदा नहरमा बस खस्दा ३२ नेपाली र एक भारतीय नागरिको जीवितै उद्धार गरिएको छ।

‘हाम्रो कमजोर विषादी प्रयोगशालाको भारतले फाइदा उठायो’ (भिडियो)

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेपाल केमिकल सोसाइटीका अध्यक्ष निरञ्जन पराजुलीले विषादी परिक्षणबारे भारतले फाइदा उठाएको बताएका छन्। बुधबार साँझ नागरिक फ्रन्टलाइनको लाइभ सो मा प्रधान सम्पादक गुणराज लुइँटेलसँग कुरा गर्दै यस्तो बताएका हुन्।

आज पनि वर्षाले खेल अवरुद्ध भए न्युजिल्याण्ड र भारतमा को फाइनलमा पुग्छ?

इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत वर्षाले अवरुद्ध न्युजिल्याण्ड र भारतबीचको पहिलो सेमीफाइनल खेल बुधबार हुँदैछ। न्युजिल्याण्डले मंगलबार म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्ड मैदानमा टस जितेर ब्याटिङ गर्दै ४६.१ ओभरमा ५ विकेटको क्षतिमा २११ रन बनाउँदा वर्षाले खेल प्रभावित भएको थियो। म्यानचेस्टरमा करिब साँढे ४ घण्टा वर्षा भएको थियो।

स्थानीय तहमा दर्ताको व्यवस्था गर्न माग

लामो समयदेखि भारतमा रोजगारीका लागि जाने चलन रहे पनि त्यसप्रति अझै सरकार गम्भीर हुन नसकेको औंल्याइएको छ।

न्युजिल्याण्ड टस जितेर ब्याटिङमा

एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो सेमीफाइनलमा न्युजिल्याण्डले भारतविरुद्ध ब्याटिङ रोजेको छ। म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्ड मैदानमा टस जितेर न्युजिल्याण्डले पहिला व्याटिङ गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्