४ पुस २०८१ बिहीबार
image/svg+xml

माथिल्लो रावाखोला राष्ट्रिय प्रसारणमा

तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

यो वर्ष १३ सय मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोडिने

नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन जलविद्युत् आयोजनाबाट चालु आर्थिक वर्षमा १३ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ ।

प्रसारण लाइन निर्माणमा चुक्यो प्राधिकरण

एक दशक लामो लोडसेडिङ अन्त्य गरी सर्वसाधारणमाझ लोकप्रिय बनेका नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ गत आर्थिक वर्षमा प्रसारण लाइन निर्माणमा चुकेका छन् ।

चीनसँगको अन्तरदेशीय प्रसारण लाइन

चालु आर्थिक वर्ष ०७७/७८ मा चीनसँगको अन्तरदेशीय प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम सकिने भएको छ। रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाका अनुसार १४ महिनामा काम सक्ने गरी एनइए इन्जिनियरिङ कम्पनीले काम सुरु गरिसकेको छ।

प्रसारण लाइन: प्रक्रियागत झन्झटले दशकौं बन्दैनन्

नेपालको जलविद्युत्को निर्माण क्षेत्रमा हुने ढिलासुस्ती, प्रक्रियागत झन्झट, मुआब्जा र क्षतिपूर्तिको विवाद निहाल्ने एक कुरुप आयोजना हो– थानकोट चापागाउँ भक्तपुर १३२ केभीको प्रसारण लाइन। जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणमा कतिसम्म भद्रगोल र अस्तव्यस्त छ भनेर हेर्न यो आयोजनाको नामै काफी छ।

चिलिमे त्रिशूली प्रसारण लाइनको ६५ प्रतिशत काम सकियो

चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणको काम ६५ प्रतिशत सकिएको छ । निर्माण सामग्री र कामदारको अभावबीच पनि आयोजनाले कामलाई निरन्तरता दिइरहेको छ ।

आउदो वर्षमा १३ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिने

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा करिब १ हजार ३ सय मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिने बताएका छन् ।

औद्योगिक क्षेत्रमा चार दिन विद्युत् कटौती हुने

नेपाल विद्युत् प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइनको स्तरोन्नति गर्न लागिएकाले केही औद्योगिक क्षेत्रमा चार दिनसम्म विद्युत् कटौती हुने जनाएको छ।

त्रिशूली–काठमाडौं भूमिगत प्रसारण लाइनको काम ४८ प्रतिशत सकियो

नेपालमै पहिलोपल्ट बनिरहेको भूमिगत विद्युत प्रसारण लाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ। त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको मातातीर्थमा १ हजार ३ सय ९ मिटर भूमिगत लाइन बनाउनु पर्नेछ। त्यसमध्ये हालसम्म ६ सय ३० मिटरको काम सकिएको हो। भूमिगतरुपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना बनिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्