१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

के थियो अख्तियारका आयुक्त पाठकले घुस लिएको कलेजको मुद्दा ? (प्रतिवेदन सहित)

नेपाल इन्जिनियरिङ कलेजको डेढ अर्ब रुपैयाँको सम्पति हड्प्ने विषयमा संचालकहरुको विचमा लामो समयदेखि हुँदै आएको विवादमा अख्तियारका आयुक्त समेत तानिएका छन्। अख्तियारका आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि यो विवाद नयाँ शृंखलामा प्रवेश गरेको हो।

मार्सी चामल पुँजीवाद (माचापु)

केही समय अगाडि हाम्रो देशको ठालूतन्त्रका मूर्धन्य अग्रणी व्यक्तिहरू एउटा व्यापारीको घरमा मार्सी चामलको भोजमा एकाग्र भएर संलग्न भएको तस्बिर आएको थियो। अब धेरै नेपालीले त्यो तस्बिर र त्यसमा निहित सन्देशलाई नेपाली क्रान्तिको महान् उपलब्धि ‘मार्सी चामल पुँजीवाद’ (माचापु) भनेर सम्झने गरेका छन्।

२ करोड ५० लाख धरौटीमा छुटे गोपाल खड्का

नेपाल आयल निगममा पूर्वकार्यकारी निर्देशक गोपाल खड्का धरौटी बुझाएर तारेखमा छुटेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा दुई करोड पचास लाख धरौटी बुझाएर छुटेका हुन्।

देशलाई भ्रष्टाचारमुक्त बनाऔं : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमुक्त, पारदर्शी र सदाचारको देश बनाउन लागिपर्न सबैसँग आग्रह गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औं वार्षिक उत्सव समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल सदाचार, पारदर्शी र भ्रष्टाचारमुक्त देश हो भन्ने साहसका साथ अन्तर्राष्ट्रिय मञ्चमा उभिने वातावरण बनाउनुपर्छ।’ प्रधानमन्त्री ओलीले मुलुक अब हात फैलाउने होइन सके अरूलाई दिने बिन्दुमा पुग्नुपर्नेमा जोड दिए।

विषबृक्ष जस्तै भ्रष्टाचार सबैका लागि पीडादायी: राष्ट्रपति

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवस सोमबार काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा प्रधानमन्त्री ओली, राष्ट्रपति बिद्यादेवी भण्डारी अनि उपराष्ट्रपति नन्द बहादुर पुनको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न बिद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए भने राष्ट्रपतिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीलाई पुरस्कार वितरण गरेकी थिइन्।

फर्केला अख्तियारको साख ?

माघ २८ अर्थात अख्तियार दिवस। पछिल्लो कानूनी संरचनाको आधारमा अख्तियार स्थापना भएको तीन दशक पुग्दै छ। यो अवधिमा अख्तियारका धेरै वर्ष चर्चाबाहिरै बिते। २०४६ सालको परिवर्तनपछिको नेपाल अधिराज्यको संविधान, २०४७ ले आजको रुपमा अख्तियारको कल्पना गरेको हो।

दक्षिण कोरियामा पूर्वप्रधान न्यायाधीशविरूद्ध भ्रष्टाचार मुद्दा

दक्षिण कोरियाको सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश याङ सङ–ताईमाथि न्यायिक शक्तिको व्यापक दुरुपयोग गरेको भन्दै उनीविरुद्ध ४० वटाभन्दा बढी अभियोग लगाइएको छ। सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश याङ विरुद्ध अभियोग लगाउनेसम्बन्धी तीन साताअघि आदेश दिएको थियो। अभियोजन अधिकारीहरुले याङ विरुद्ध आठ महिनादेखि छानबिन गरिरहेको बताइएको छ।

अध्यागमनका कर्मचारी भट्टराई भ्रष्टाचारी ठहर

विशेष अदातलतले अध्यागमन विभाग कालिकास्थान काठमाडौंमा कार्यरत तत्कालीन वरिष्ठ अध्यागमन सहायक कोषराज भट्टराईलाई भ्रष्टाचार गरेको भन्दै तीन महिना कैद र जरिवाना ठहर गरेको छ।

साह ६ लाख धरौटीमा साह रिहा

भ्रष्टाचार मुद्दामा मुछिएका बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक सूर्यदेव साहले विशेष अदालत काठमाडौंमा ६ लाख रुपैयाँ धरौटी राखेर मुक्त भएका छन्।

फतुवा विजयपुर नपामा करोडौं अनियमितताको आरोप

रौतहटको फतुवा विजयपुर नगरपालिकामा करोडौं अनियमितता भएको उपमेयर कान्तिदेवी महतोले आरोप लगाएकी छन्। मेयर गोपाल यादव र प्रमुख प्रशासकीय अधिकृत सागर कुमार रोक्काको मिलोमतोमा नगरपालिकामा करोडौं अनियमितता भएको उपमेयर महतोको दाबी छ।

सबै प्रदेशबाट कांग्रेसको खबरदारी

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले केपी ओली नेतृत्व सरकारले मुलुकमा आर्थिक समृद्धि र विकासभन्दा भ्रष्टाचार र अराजकता बढाएको आरोप लगाएको छ। ओली नेतृत्वमा सरकार गठन भएको एक वर्ष हुनलाग्दा मुलुकमा कुनै सकारात्मक संकेत नदेखिएको आरोप लगाउँदै कांग्रेसले सरकार अधिनायकवादतर्फ उन्मुख भएको दाबी गरेको छ।

पूर्वमन्त्री न्यौपानेविरुद्ध भ्रष्टाचार मुद्दा, फनपार्क भाडमा दिँदा अनियमितता गरेको आरोप

भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा तत्कालिन महिला, बालवालिका तथा समाज कल्याण मन्त्री बद्री प्रसाद न्यौपाने सहित १४ जनाविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

भ्रष्टचारबाट कहिले झर्ने ?

ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार अवधारणा सूचकांक २०१८ सार्वजनिक गरेको छ। सार्वजनिक सूचकांकअनुसार सर्वेक्षणमा समेटिएका १८० मुलुकमध्ये नेपाल १२४औँ स्थानमा परेको छ। यसवर्ष नेपालले कुल ३१ अंक प्राप्त गरेको छ। अघिल्लो वर्ष सर्वेक्षणमा समेटिएका १८० मुलुकमध्ये नेपाल १२२औँ स्थानमा थियो भने सो वर्ष पनि नेपालले कुल ३१ अंक नै प्राप्त गरेको थियो।

वाइड बडी जहाज खरिद प्रकरणमा शतप्रतिशत निर्दोष छु : मन्त्री अधिकारी

नागरिक उड्डयन तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले वाइड बडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचारमा आफ्नो कुनै संलग्नता नरहेको प्रस्ट्याएका छन्। नागरिक फ्रन्टलाइनमा कुरा गर्दै पर्यटनमन्त्री अधिकारीले आफू मन्त्री भएको बेला वाइड बडी जहाज खरिदको किस्ता रोक्ने अवस्था नरहेको बताएका छन्।

भ्रष्टाचार गर्न दिन्नँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोही कसैलाई भ्रष्टाचार गर्न नदिने बताएका छन्। ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने नाराका साथ अघि बढेका छौं,’ सशस्त्र प्रहरीको स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौं।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्