४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

खर्च अभावले अस्पतालमै : आश्वासन आयो, सहयोग आएन

गत असोज ८ गते पति भोमे सोमैले परपुरुषसँग लागेको आरोपमा पूजालाई मरणासन्न हुनेगरी कुटेका थिए। महिलाहिंसाको अभियोगमा भोमे हिरासतमा छन्। घरतिरकाले उनका उपचारमा वास्ता गरेका छैनन्। माइतीले चन्दा संकलन गरी जसोतसो उपचार गराइरहेका छन्।

नेपाली चिकित्सक ज्ञवालीले पाए ५० हजार डलरको अन्तर्राष्ट्रिय पुरस्कार

ग्लोबल अंकोलोजीष्ट युवा अनुसन्धानकर्ता अवार्डबाट डा. विशाल ज्ञवाली सम्मानित भएका छन्। उनलाई अमेरिकी सोसाइटी अफ क्लिनिकल अंकोलोजी (एएससीओ) ले उक्त अवार्ड प्रदान गरेको हो। उनले आफ्नो अनुसन्धान सञ्चालनको लागि ५० हजार डलर प्राप्त गर्ने छन्।

उपचार खर्च तिर्न नसक्दा आमा बन्धक

‘डाक्टरले बच्चालाई तत्कालै आमानिर लैजान भनेका छन्। उपचार खर्च तिर्न नसकेर अस्पतालमै बन्धक बनेकी पत्नीसामु खाली हात कसरी जाऊँ ? पत्नी सधैं फोन गर्छिन्, छोरी ल्याइदेऊ भनी कर गर्छिन्, पैसा नहुँदा जान सकिएको छैन।’

ट्रकको ठक्करबाट घाइते बालिकालाई थप उपचारका लागि काठमाडौं पठाइयो

कोहलपुरमा ट्रकको ठक्करबाट गम्भिर घाइते भएकी बालिकालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ।

त्रिविका विद्यार्थीले एक लाखसम्म उपचार खर्च पाउने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यसै आर्थिक वर्षदेखि विद्यार्थीको उपचारमा एक लाख रुपैयाँसम्म गर्ने भएको छ।

जिल्ला प्रहरी कार्यालयमा प्राथमिक उपचार कक्ष

जिल्ला प्रहरी कार्यालय पर्सामा प्राथमिक उपचार कक्ष स्थापना गरिएको छ। जिल्ला प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वीरगन्ज महानगरपालिका, प्रभु अस्पताल र माट्रिका आई फाउन्डेसनको सहकार्यमा सोमबार एक कार्यक्रमबिच वीरगन्ज महानगरप्रमुख विजय सरावगीले सो उपचार कक्षको उद्घाटन गरेका हुन्।

राउटेको उपचारमा ढिलाई

हप्तादिन अघिबाट बस्तीमै थलिएका राउटे यूवा कपिल शाहीको उपचारमा सामाजिक विकास मन्त्रालयबाट ढिलाई भएको छ। उनको उपचारका लागि प्रदेश अस्पतालमा भईरहेपनि थप उपचारका लागि बिहीबार नै काठमाडौं रिफर गरिएको थियो। तर, आइतबारसम्म पनि उनलाई काठमाडौं लगिएको छैन।

पैसा नभएकै कारण नागरिक उपचारबाट वञ्चित हुँदैनन्ः मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले पैसा नभएकै कारण नागरिक उपचारबाट वञ्चित नहुने बताएका छन्। भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षणपछि आयोजित छलफलमा उनले हरेक बिरामीलाई राज्य मेरो अभिभावक हो भन्ने प्रत्याभूति दिलाउने गरी काम गर्ने उल्लेख गरे।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार, अस्पतालबाटै ट्वीट

प्रधानमन्त्री केपी शर्मा ओलीको स्थास्थ्यमा क्रमशः सुधार आएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ। बिहीबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तम कृष्ण श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यको पछिल्लो अवस्थाबारे जानकारी दिएका हुन्।

अवैधरुपमा रूपमा क्लिनिक सञ्चालन गरी उपचार गर्दा दुईको मृत्यु

बाँकेको नरैनापुर गाउँपालिकामा ‘झोले चिकित्सक’ले उपचार गर्ने क्रममा दुईको मृत्यु भएपछि नरैनापुर क्षेत्रमा रहेका अवैध क्लिनिक बन्द गर्न निर्देशन दिइएको छ।

उपचार सेवा नलिँदा अकालमै मर्छन् सङ्क्रमित

एचआइभी सङ्क्रमणको समस्याबारे खुलेर भन्नेहरुले समयमा उपचार पाउँछन् तर समस्या लुकाएर उपचार सेवा नलिनेहरुले अकालमै ज्यान गुमाउँछन्।

दमरोगीका लागि जाडो डरलाग्दो मौसम

तपाइँसित क्रोनिक पुरानो दम छ भने यसलाई थप नराम्रो हुनबाट बच्न सकिन्छ। अनुसन्धानकर्ताहरुले प्रति वर्ष ७ हजार दम रोगीमा गरेको अध्ययन अनुसार दम रोग गर्मी मौसमको तुलनामा जाडोमा दोब्बर बढ्छ। र यही मौसममा दमरोगीको अस्पताल भर्ना हुने दर पनि उत्तिकै बढ्ने भएकोले दमरोगीको लागि जाडो मौसम डरलाग्दो मौसम पनि मानिन्छ।

उपचारका लागि सरिफ लन्डन प्रस्थान

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ उपचारका लागि मंगलबार बेलायत प्रस्थान गरेका छन्।

आम्चीका भरमा उपचार

भौगोलिक विकटतासँगै विभिन्न समस्याबाट गाँजिएको उपल्लो डोल्पाका स्थानीयवासी आम्ची ९लामाको औषधि० का भरमा उपचार गर्न बाध्य छन् । वर्षमा एक पटक मात्र औषधि उपल्लो डोल्पामा लैजाने गरेको स्थानीयवासीले बताएका छन् ।

जसलाई बोलाउँछ मान्छेको पीडाले

डेढ महिना अघि किर्तीपुर अस्पतालमा १४ वर्षीया मुस्कान खातुनको उपचार हुँदै थियो। तेजाब आक्रमणबाट बेडमा छटपटाइरहेकी उनलाई देश विदेशबाट प्रेरणादयी संदेशहरु आउन थाल्यो। त्यस्तो संदेश प्रवाह गर्नेमध्ये थिए बलिउडका विश्व चर्चित अभिनेता अमिताभ बच्चन अनि नवपुस्ता माझ लोकप्रिय वरुण धवन। त्यस्ता भिडियो मेसेजहरु मुस्कानलाई देखाउँदै , उनलाई हरपल हौसला प्रदान गर्दै उनी छेउ देखिन्थे एक भलाद्मी उज्ज्वल विक्रम थापा। बिरामीप्रति उनको लगाव, निस्वार्थ सेवा, करुणाको कथा आफैंमा चाखलाग्दो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्