शौचालयको सेफ्टिट्याङकीमा युवतीको शव फेला
धादिङको सिद्धलेकमा शौचालयको सेफ्टिट्याङकीमा एक युवतीको शव फेला परेको छ। सिद्धलेक गाउँपालिका वडा नं ३ आम्कोटमा एक युवतीको शव शौचालयको सेफ्टि ट्याङकीमा फेला परेको हो। स्थानीय अर्जुन सुयल मगरको घरको सेफ्टिट्याङकीमा हत्या गरि फालिएको अवस्थामा युवतीको शव फेला परेको हो।