६ आश्विन २०८१ आइतबार
image/svg+xml

हतियारसहित भागेका सैनिक जवानलाई दश वर्ष जेल

सैनिक अदालतले द्वन्द्वकालमा हतियारसहित भागेका सैनिक जवान विक्रमबहादुर गुरुङलाई १० वर्ष जेल चलानको सजाय सुनाएको छ।

एसिया सुरक्षामा चीनको चिन्ता

एसिया प्यासिफिक क्षेत्रमा अमेरिकाले सैनिक गठबन्धन विस्तार गरेको, हस्तक्षेप बढाएको र अमेरिकाले हतियार आपूर्तिसहित सैनिक क्याम्पहरूमा लगानी वृद्धि गरेकाले आफ्नो सुरक्षामा असर गरेको चीनको ठम्याइ छ।

पाकिस्तानमा सैनिक विमान दुर्घटना, १८ जनाको मृत्यु

पाकिस्तानी शहर रावलपिन्डी नजिकको आवासीय क्षेत्रमा मङ्गलबार बिहान भएको सैनिक विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

दुई अमेरिकी सेना मारिए

एक अफगान सैनिकले सोमबार दुई अमेरिकी सेनाको हत्या गरेका छन्। अफगानिस्स्तानका भएको यो पछिल्लो सहकर्मी आक्रमण हो।

कास्मिरमा थप १० हजार सैनिक तैनाथ

भारत प्रशासित कास्मिरमा थप १० हजार सैनिक तैनाथ गरिएको छ। भारत सरकारले गत साताको अन्त्यरित भारत प्रशासित कास्मिरमा सो संख्यामा भारतीय सैनिक तैनाथ गरेको हो। अकस्मात् हजारौं सैनिक तैनाथ गरिएपछि स्थानीय त्रसित बनेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। अकस्मात् कास्मिरमा सेना बढाइएको बताइ पनि भारतीय अधिकारीले भने सो कदम नियमित तालिकाअनुसार भएको जनाएको छ।

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले नयाँ क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सैनिक अधिकारीले बताएका छन्। बिहीबार बिहानै उत्तर कोरियाको बोनसानबाट प्रहार गरिएका दुई वटा क्षेप्यास्त्रले करिब चार सय ३० किलोमिटर यात्रा गरेर समुद्रमा खसेको थियो।

प्रधानमन्त्रीलाई गजुरेलकोे सुझाव, 'असुरक्षा भए सैनिक मुख्यालयमा डेरा सार'

नेकपा (क्रान्तिकारी–माओवादी) का नेता एवं देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई सैनिक मुख्यालमा बस्न सुझाव दिएका छन्।

मेक्सिको सीमामा थप सैनिक परिचालन

अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमामा थप दुई हजार एक सय सेना परिचालन गर्न लागेको जनाएको छ। आप्रवासीको समस्या थप जटिल बन्न लागेको भन्दै अमेरिकी गृह प्रशासनको अनुरोधमा सेना थप गर्न लागेको रक्षा मन्त्रालयले स्पष्ट गरेको छ।

सुडानमा शान्ति सैनिकको मृत्यु

सुडान र दक्षिण सुडानको विवादित सीमावर्ती नगर अबेईमा भएको आक्रमणमा एक जना शान्ति सैनिकको मृत्यु भएको छ।

दुई भगौडा सैनिकलाई सर्वस्वसहित जन्मकैद

सर्वोच्चले नेपाली सेनाबाट भागेर माओवादीमा लागेका दुई सैनिकलाई संविधान र कानुनबमोजिम नै थुनामा राखिएकाले गैरकानुनी मानी बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने भन्दै रिट खारेज गरेको छ।

१२ यात्रु बोकेको सेनाकाे हेलिकोप्टर इन्डोनेसियामा बेपत्ता

इन्डोनेसियाको एउटा सैनिक हेलिकोप्टर शुक्रबार सम्पर्कविहीन भएको छ। उडेको केहीबेरमै १२ यात्रु बोकेको हेलिकोप्टर एयर ट्राफिक कन्ट्रोल रुमबाट सम्पर्कविहीन भएको अधिकारीहरूले जानकारी दिएका छन्।

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए

अफगानिस्तानमा बुधबार नेटोआवद्व दुई अमेरिकी सैनिकको आतङ्ककारी आक्रमणमा मृत्यु भएको छ।

सुदूरपश्चिम पृतनापति उपाधि भवानीबक्सलाई

प्रतियोगिताको अन्तिम दिन कैलालीको तेघरीस्थित सैनिक खेल मैदानमा सम्पन्न फुटबलको फाइनल खेलमा भवानीबक्स गणले भवानीदल गणलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले विजयी हात पारेको हो।

अमेरिकाले मध्यपूर्वमा थप एक हजार सैनिक खटाउने

संयुक्तराज्य अमेरिकाले मध्यपूर्वमा थप एक हजार जना सैनिक पठाउने तयारी गरेको जनाएको छ। इरानसँग पछिल्लो समयमा तनाव उत्पन्न भइरहेकै बेला अमेरिकाको यो निर्णय आएको अधिकारीहरुले जनाएका छन्।

तयारी नपुग्दा प्रधानमन्त्रीको बेलायत भ्रमण खल्लो

नेपाल र बेलायतबीच गोर्खा सैनिकका विषयमा निरन्तर छलफल गर्ने सहमति भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्