६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दुई अमेरिकी सेना मारिए

काबुल– एक अफगान सैनिकले सोमबार दुई अमेरिकी सेनाको हत्या गरेका छन्। अफगानिस्स्तानका भएको यो पछिल्लो सहकर्मी आक्रमण हो। 

अफगानिस्तानमा भएको एक सैन्य कारबाहीका क्रममा आफ्ना दुई सैनिकले ज्यान गुमाएको अमेरिकी सेनाले सोमबार जानकारी दिएको छ। तर अमेरिकी सेनाले उक्त घटनाका बारेमा विस्तृत विवरण भने दिएको छैन । 

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारका प्रहरी उपप्रमुख मोहमद कसमले अमेरिकी सेनाले अफगान सैन्य अखडाको भ्रमण गर्नेक्रममा उक्त आक्रमण भएको बताउनु भएको छ ।   
यस सहकर्मी आक्रमणमा परी दुई अमेरिकी सैनिक मारिनुको साथै अन्य घाइते भएका कसमले बताए।

तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले अमेरिकी सेनाको हत्या गर्ने व्यक्ति आफ्ना लडाकू नरहेको स्पष्ट गर्दै ती देशभक्त व्यक्ति अफगान सैनिक नै भएको दाबी गरेका छन्। 
कान्दाहार प्रान्तका गभर्नर प्रवक्ता बहिर अहमादीले अफगान सैन्य शिविरमा उक्त घटना भएको पुष्टि गरेका छन्। एएफपी

प्रकाशित: १४ श्रावण २०७६ ०९:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App