१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पाठेघर खस्ने बिरामी लक्षित स्वास्थ्य शिविर

रोल्पामा पाठेघर खस्ने बिरामीको संख्या अत्यधिक रहेकोमा गाउँपालिकाले समेत चासो दिदै माडी गाउँपालिकाले आफ्नै लगानीमा पाठेघर खस्ने तथा तल्लो पेटको समस्या भएका महिलाका लागि शिविर सञ्चालन गरेको छ ।

बाह्र दिनसम्म सुत्केरीको पाठेघरमा ‘प्याड’

धौलागिरी अञ्चल अस्पताल, बागलुङले प्रसूति सेवामा गम्भीर खेलवाड गरेको पाइएको छ। जिल्लाको जैमिनी नगरपालिका–१, कुश्मीसेराकी ३० वर्षीया सुष्मा थापामगर सुत्केरी हुँदा पाठेघरमा छोडिएको ‘प्याड’ १२ दिनपछि आइतबार निकालिएको छ। प्रसूतिपछि रक्तस्राव रोक्न प्रयोग गरिएको ‘प्याड’ पाठेघरभित्रै छोडेर स्वास्थ्यकर्मीले टाँका लगाइएका थिए। स्वास्थ्यकर्मीको चरम लापरबाही र असावधानीका कारण थापामगरले गम्भीर स्वास्थ्य समस्या झेल्न बाध्य हुनुपरेको छ।

पाठेघरको मुखको क्यान्सरबाट यसरी बचौँ

पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हुन् । ह्युमन प्यापिलोमा भाइरसले पाठेघरको मुखको क्यान्सर हुने गरेको छ।

कर्णालीमा निशुल्क पाठेघर अप्रेशन

कर्णालीमा पछिल्लो समय पाठेघर खस्ने समस्या भएका महिलाहरुको निशुल्क अप्रेशन हुँन थालेको छ। सामान्य रोगको संक्रमण हुँदा सुर्खेत र नेपालगंजका सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न जानुको विकल्प नरहेका स्थानियलाई अब केहि राहत मिलेको छ।

चेतनाको कमीले महिलामा पाठेघरको समस्या बढ्दै

भक्तपुरकी मनिषा श्रेष्ठलाई केही वर्षयता महिनावारी हुँदा पेट दुख्ने र निकै रगत जाने गरेको थियो । ४५ वर्षीया श्रेष्ठलाई अन्य कुनै रोग भने थिएन तर महिनावारी हुँदा रक्तश्राव बढी हुन्थ्यो । आफन्त र साथीहरूले महिनावारी सुक्ने समय भयो । त्यही भएर रक्तश्राव बढी भएको हो र पछि आफैँ ठीक हुने सल्लाह दिएका रहेछन् । जसले गर्दा उनी स्वास्थ्य परीक्षण नगराई आफैँ ठीक हुन्छ भन्दै कुरी बसिन् । चार महिनाअघि महिनावारी हुँदा उनको रक्तश्राव नै रोकिएन ।

किन खस्छ पाठेघर ?

पाठेघर महिलाको शरीरको तल्लो पेटमा रहने थैली आकारको प्रजनन अंग हो। पाठेघरलाई गर्भाशय पनि भनिन्छ। महिनाबारीको समयमा रक्तश्राव यहीँबाट हुन्छ र महिला गर्भवती हुँदा गर्भको बच्चा यसै थैलीभित्र हुर्किन्छ। पाठेघरलाई वरिपरिका मासंपेशी र तन्तुले आफ्नो ठाउँमा अड्याइराखेको हुन्छ। विभिन्न कारणले गर्दा पाठेघरलाई आफ्नो ठाउँमा थामेर राख्ने मासंपेशी र तन्तु कमजोर हुन जान्छन्।

पाठेघर खस्ने समस्या : ‘लाज’ले भोग्नु परेको पीडादायी जीवन

बोल्नै त लाख लाग्थ्यो,’ जिल्ला अस्पताल डोटीमा संचालित पाठेघर खस्ने समस्याको शल्यक्रिया शिविरमा शल्यक्रिया गराउन पुगेकी उनले भनिन्,‘झन बच्चादानी(पाठेघर) सम्बन्धी समस्या सासु–ससुरालाई कसरी सुनाउनु भनेर च्यापेर बसे।’

पाठेघर र स्तन क्यान्सरको निशुल्क उपचार गर्छौं : महिलामन्त्री खड्का

महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले महिलामामात्र लाग्ने पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने घोषणा गरेका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री खड्काले त्यसका लागि सरकारी अस्पतालसँग  सम्झौता गर्ने तयारी गरेको बताए।

समस्या लुकाउँदा पाठेघर क्यान्सर बढ्दै

पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको छ । सानै उमेरमा धेरै सन्तान जन्माउँदा र असुरक्षित यौन सम्पर्कले यो रोगको जोखिम बढिरहेको चिकित्सक बताउँछन् ।

जुम्लामा दुरविनबाट पाठेघरको सफल शल्यक्रिया

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक दुरविनबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ। चन्दननाथ नगरपालिका ४ सिमखाडा गाउँकी विष्णुकन्या उपाध्यायाको पहिलो पटक दुरविनबाट पाठेघरको अप्रेशन गरिएको हो। उनलाई दुई वर्षदेखि पाठेघरबाट रगत बगिरहने समस्या थियो।

पाठेघर खसेको तीस वर्षपछि उपचार

लितपुर, चौघरेकी ६६ वर्षीया सुकुमाया थिङको २९ वर्षअघि नै पाठेघर खसेको थियो । उनले यो समस्या न कसैलाई भनिन् न त उपचारमै गइन्। मिर्गौलामै समस्या आएपछि केही दिनअघि मात्र उनी सुमेरु अस्पताल भर्ना भइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्