१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

आठौं खेलकुद प्रतियोगिता अब सर्दैन : सदस्य सचिव विष्ट

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार बिष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै हुने जानकारी दिएका छन्।

वृद्धको शव फेला

तनहुँमा एक वृद्धको शव फेला परेको छ। जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ कवासे स्थित बन्दै गरेकाे एक घरमा शुक्रबार विहान शव फेला परेको हो। शवको पहिचान हुन सकेको छैन।

६ वर्ष बित्दा पनि शव आएन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु भएको ६ वर्ष बितिसक्दासमेत शव नेपाल आउन सकेको छैन। पति हंशराज श्रेष्ठको असामयिक मृत्युपश्चात् साना छोराछोरी हुर्काउन आर्थिक कठिनाइ भएपछि भद्रशीला २०६५ सालतिर वैदेशिक रोजगारीका लागि साउदी अरब गएकी थिइन्।

अन्धविश्वासले अपराध बढायो : प्रदेश प्रहरी प्रमुख शाह

कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाहले प्रदेशमा  अपराधका घटनाहरु निकै कम हुने गरेको बताएका छन्। शुक्रबार रुकुम (पश्चिम)मा भएको नागरिक सुनुवाई कार्यक्रममा बोल्दै उनले देशका अन्य प्रदेशको तुलनामा यहाँ अपराधका घटना कम रहेको बताए।

मन्त्री बर्खास्त पछि प्रतिपक्षी चिन्तित, विवादको मुख्य बिषय स्थायी राजधानी

तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट केशव स्थापितलाई बर्खास्त गरेपछि राजनैतिक रुपमा नयाँ तरङ्ग आएको छ।

साथीको घर आएका सुमितको शंकास्पद मृत्यु

बिहीवार लहान ३ स्थित पोखरीमा शंकास्पद अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ। मृतक जनकपुर उपमहानगरपालिका–२१ का ३० वर्षीय सुमित साह रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए।

प्रदेश मन्त्री केशव स्थापित पदमुक्त

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई पदमुक्त गरेका छन्। मुख्यमन्त्री पौडेलले संविधानको धारा १६९ को उपधारा २ को खण्ड ख अनुसार शुक्रबार बर्खास्त गरेको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए।

मन्त्री स्थापितलाई हटाउने तयारीमा मुख्यमन्त्री

प्रदेश नम्बर तीनका भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई हटाउने कुराले राजनीतिमा तरंग ल्याएको छ। मुख्यमन्त्रीकै दौडमा रहेर अन्ततः प्रदेश मन्त्री भएका स्थापित त्यसबाट समेत बर्खास्तमा पर्ने लगभग निश्चित भएको छ।

सिरहामा महिला र पुरुषको वेवारिसे शव फेला

सिरहाको छुट्टाछुट्टै स्थानमा एक महिला र एक पुरुषको शव फेला परेको छ। लहान नगरपालिका ३ स्थित सार्वजनिक पोखरीमा शंकास्पद अवस्थामा पहिचान खुल्न नसकेको एक पुरुषको शव फेला परेको हो।

सर्लाही घटना : तीन दिनदेखि मृतकको शव अस्पतालमै

सर्लाहीको दक्षिण पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिकाको बोहर्वा गाउँमा गत मंगलबार बिहान दुईपक्षबीच झडपका क्रममा गोली लागि मृत्यु भएका रामविलास महतोको शव तीन दिनदेखि अस्पतालमै रहेको छ।

रौतहटमा दुई पुरुषको वेवारिसे शव फेला

रौतहटको छुटाछुटै स्थानमा दुई पुरुषको शव फेला परेको छ। गरुडा नगरपालिका ८ जिगडिया र माधवनारायण नगरपालिका ६ माधोपुरमा शंकास्पद अवस्थामा पहिचान खुल्न नसकेको पुरुषको शव फेला परेको हो।

रौतहटमा दुई पुरुषको शव भेटियो

जिल्लाको छुट्टाछुट्टै स्थानमा दुईजना पुरुषको शव बरामद भएको छ। गौर चन्द्रपुर सडकखण्डको गरुडा नगरपालिका–८ जिंगडिया टोल र माधवनारायण नगरपालिका–६ मा एक–एक गरी दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

मादी किनारमा भारतीय महिलाको शव फेला

मादी नदी किनारमा एक महिलाको शव फेला परेको छ। व्यास–३ शान्तिनगरको भीरमुनी मादी नदी किनारामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

डुंगा दुर्घटना हुँदा बेपत्ता भएकामध्ये १ को शव फेला

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका दुई जनामध्ये एकको शव भेटिएको छ। इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार २३ वर्षका पुरुषोत्तम चौधरीको शव टीकापुर नगरपालिका–८ सत्तीघाट नजिकै भेटिएको हो। उनी स्थानीय बोर्डिङ स्कुलका शिक्षक हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्