सिरहा– बिहीवार लहान ३ स्थित पोखरीमा शंकास्पद अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ। मृतक जनकपुर उपमहानगरपालिका–२१ का ३० वर्षीय सुमित साह रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए।
‘गत शुक्रबार जनकपुरबाट लहान ३ का प्रवेश चौधरीको घर आएका साहको बिहीवार शंकास्पद अवस्थामा शव फेला परेको थियो। चौधरीका बुबा बितेको भोजमा सरिक हुन आएका साहको मृत्यु शंकास्पद छ। हामीले अनुसन्धान गरिरहेका छौं’, प्रहरी नायव उपरीक्षक थापाले भने, ‘शव परीक्षण प्रतिवेदन आएपछि मृत्युको कारण खुल्छ।’
साहको शव चौधरीकै घर पछाडि रहेको पोखरीमा फेला परेको थियो। साह र चौधरी अध्ययनको क्रममा भारतमा सँगै बस्दा चिनजान भएको प्रहरीले जनाएको छ।
यसैगरी, सिरहा नगरपालिका ६ स्थित कमला खोला किनारामा शंकास्पद अवस्थामा पहिचान फेला परेको एक महिलाको शवको अझै पहिचान हुन सकेको छैन्। अन्दाजी २५ वर्षको देखिने कुर्ता सुरुवाल र स्वेटर लगाएकी उतm महिलाको शव पहिचान नभएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए। शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ।
प्रकाशित: १६ कार्तिक २०७५ १५:३३ शुक्रबार