२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

गण्डकी प्रदेशः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षकलाई ‘गण्डकी खेलकुद पदक’

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याउने निकाय एवं व्यक्तिलाई गण्डकी खेलकुद पदकबाट सम्मानित गर्ने बताएको छ।

आगामी बजेटमा खेलाडीलाई पुरस्कार व्यवस्था गर्न माग

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमकै पूर्वसन्ध्यामा कास्की जिल्ला क्रिकेट संघले सामाजिक विकास मन्त्रालयलाई ज्ञापनपत्र पेश गरेको छ। संघले प्रदेश सरकारको आगामी बजेट मार्फत सम्बोधन गरिदिन आग्रहसहित सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडालाई एघारवुदें ज्ञापनपत्र पेश गरेको हो।

चर्च ब्वाइजको उपाधि सम्भावना बलियो

स्ट्राइकर आशिष चौधरीको दुई गोल प्रेरित चर्च ब्वाइज युनाइटेडले शनिबार जावलाखेल युथ क्लबमाथि ३–० को सहज जितसहित सहिद स्मारक ‘ए’ डिभिजन लिग उपाधिको सम्भावना बलियो पारेको छ।

ए डिभिजन लिग :थ्री स्टार र एपीएफबीचको खेल बराबरीमा

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र एपीएफ क्लबबीचको खेल बराबरीमा सकिएको छ।

एशियाली खेलकुदमा खेलाडीलाई ढुक्क भएर खेल्ने वातावरण मिलाउन खेलकुदमन्त्रीको निर्देशन

सचिवालयको उद्घाटनपछि बोल्दै युवा तथा खेलकुदमन्त्री लिम्बूले एशियन गेम्समा खेलाडीलाई परिणाममुखी बनाउने लक्ष्यका साथ काम गर्न निर्देशन दिए।

एसियाली खेलकुदको सचिवालय सञ्चालनमा

चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाउन सचिवालयको कार्यालय सञ्चालनमा ल्याइएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा स्थापना गरिएको सचिवालयको कार्यालय युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले आज एक कार्यक्रमबीच उद्घाटन गरे।

कर्णालीमा रग्बी प्रवर्द्धन गर्न सम्झौता

कर्णाली प्रदेशमा रग्बी खेलको विकासका लागि गोर्खाली रग्बी क्लब र कर्णाली रग्बी संघबीच सम्झौता भएको छ।

सरकारको ‘चुरे नीति’- बचाउने बहाना, सिध्याउने खेल

चुरे संरक्षण गर्ने वा चुरे सिध्याउने भन्ने विषयमा सरकारको भूमिका अस्पष्ट देखिएको छ। चुरेको संरक्षण र विनाश दुवै नीति देखाएको सरकारले ‘संरक्षण नीति’देखाउन मात्रै बनाएको विश्लेषण चुरे विज्ञहरूले गरेका छन्।

ए डिभिजनः फ्रेण्ड्स क्लव र हिमालयनबीचको खेल बराबरी

राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेण्ड्स क्लव र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

१९औं एसियाली खेलकुदः तनाव र झगडाबीच कराते खेलाडी छनोट

तनावपूर्ण अवस्थाबाट १९औं एसियाली खेलकुदका लागि नेपाली कराते खेलाडीको अन्तिम खेलाडी छनोट भएको छ।

कराते खेलाडी छनोट पूरा

चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि करातेको अन्तिम खेलाडी छनोट आज सातदोबाटोस्थित कराते हलमा सम्पन्न भएको छ।

बजेटमा खेलकुदका पुरानै योजना

दशकभन्दा बढी समयदेखि तयारी थालिएको मूलपानी क्रिकेट रंगशालाले पूर्णता नपाइरहेको अवस्थामा थप अन्य क्रिकेट रंगशालामा लगानी गर्ने सरकारको निर्णय सही छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्