३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

कर्णालीमा रग्बी प्रवर्द्धन गर्न सम्झौता

कर्णाली प्रदेशमा रग्बी खेलको विकासका लागि गोर्खाली रग्बी क्लब र कर्णाली रग्बी संघबीच सम्झौता भएको छ।

बिहीबार आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा गोर्खाली रग्बी क्लबका अध्यक्ष रोहित कार्की र कर्णाली रग्बी संघका अध्यक्ष शैलेन्द्र कुँवरले हस्ताक्षर गरे। सम्झौता अनुसार गोर्खाली रग्बी क्लबले कर्णाली प्रदेशमा ग्रासरुटदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत भाग लिन सक्षम बनाउनका लागि प्राविधिक सहयोग, प्रदेशमा नयाँ खेलाडी उत्पादन, कर्णाली प्रदेशमा रग्बी प्रवर्द्धनका लागि आवश्यक प्राविधिक सहयोग गर्ने बताइएको छ।

गोर्खाली रग्बी क्लब र कर्णाली प्रदेश रग्बी संघले १०औँ राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई च्याम्पियन बनाउने लक्ष्य राखेका छन्।  

प्रकाशित: १९ जेष्ठ २०८० ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App