२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्री कपमा प्रदेश नं २ को पहिलो जित

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर २ ले कर्णाली प्रदेशलाई पराजित गर्दै पहिलो जित हात पारेको छ।

संन्यास त्याग्दै लयमा फर्किएका मालिङ्गा

श्रीलंकाका लासिथ मालिङ्गा इङ्ल्यान्ड र वेल्समा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा पाका खेलाडीमध्ये एक हुन्।

युवा रासिदको भरोसामा अफगानिस्तान

पछिल्ला समय विश्व क्रिकेटमा अफगानिस्तानका रासिद खान तीव्र सफलता प्राप्त गर्ने युवा क्रिकेटरमध्ये सबैभन्दा अगाडि छन्। स्पिनमा सानदार भूमिका निर्वाह गर्दै आएका खानबाट अफगानिस्तानले यस पटकको विश्वकपमा निकै आशा गरिरहेको छ। टोलीले आशा गर्नु पनि स्वाभाविक नै छ। खान त्यस्ता खेलाडी हुन्, जसले बलिङसँगै ब्याटिङ पनि उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेर टोलीलाई दिन सक्छन्। ट्वान्टी–२० फरम्याटको क्रिकेटमा भने ओपनिङ ब्याटिङसमेत गर्दै विपक्षी बलरलाई निकै दबाब राख्ने क्षमता खानसँग छ।

प्रधानमन्त्री कप : सुदूरपश्चिमलाई हराउँदै एपीएफको दोस्रो जित

राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भएको छ। एपिएफको लगातार यो दोस्रो जित हो।

म्याटमै प्रधानमन्त्री कप

आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यस्थापनमा भइरहेको तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल निर्माणाधीन मूलपानी क्रिकेट मैदानमा आयोजना हुने खेलतालिका थियो।

१६ वर्षमा पनि सकिएन मुलपानी क्रिकेट मैदान

निर्माण शुरु भएको १६ वर्षसम्म पनि मुलपानीको अन्तर्राष्ट्रिय क्रिकेट मैदान सम्पन्न हुनसकेको छैन।

१६ वर्षमा पनि सकिएन मुलपानी क्रिकेट मैदान

निर्माण शुरु भएको १६ वर्षसम्म पनि मूलपानीको अन्तर्राष्ट्रिय क्रिकेट मैदान सम्पन्न हुनसकेको छैन।

सुमित र पृथुको उत्कृष्ट प्रदर्शनमा एपिएफलाई सफलता

सुमित महर्जन र कप्तान पृथु बास्कोटाको उत्कृष्ट ब्याटिङप्रेरित एपिएफले शनिबार तेस्रो प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश–३ माथि ४१ रनको जित हात पारेको छ।

एपीएफकाे प्रदेश ३ माथि ४१ रनकाे जित

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भएको छ।

पाकिस्तानका क्रिकेटरले विश्वकपमा आफ्नो पत्नीलाई सँगै राख्न नपाउने

३० मे बाट सुरुहुने विश्वकपमा पाकिस्तानी क्रिकेटरले आफ्ना श्रीमती र परिवारलाई सँगै राख्न नपाउने भएका छन्।

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश नं ३ लाई २८९ रनको लक्ष्य

राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय कप क्रिकेट प्रतियोगितामा शसस्त्र प्रहरी बल (एपिएफ)ले प्रदेश नम्बर ३ लाई जितका लागि २८९ रनको लक्ष्य दिएको छ।

बुद्धको नाममा रंगशाला !

नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला चितवनको भरतपुरमा बनाउने भएको छ। यसका लागि नेपाली चलचित्र क्षेत्रका दुई कलाकारको अगुवाइमा रहेको एक फाउन्डेसनलाई जिम्मेवारी दिइएको छ। यसअघि भुकम्प प्रभावित क्षेत्रमा आवास कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेबाट सामाजिक क्षेत्रमा पनि चिनिएका यिनीहरू अब क्रिकेट रंगशालाको निर्माणमा लागेका हुन्। प्रधानमन्त्रीकोसमेत उपस्थिति रहेको कार्यक्रममा फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्तिसम्बन्धी सम्झौता पनि भयो। उक्त रंगशालाको नाम ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ राखिएको छ। तर, रंगशालाको नाम बुद्धसँग किन जोडियो र यसले के अर्थ राख्छ भन्ने कुरामा हेक्का राखेको पाइएन। बौद्ध दर्शनका सन्दर्भमा क्रिकेटलगायत अन्य खेलकुदले के अर्थ राख्छ र त्यससँग गौतम बुद्धको नाम जोड्नुको औचित्य वा अनौचित्यबारे अब प्रश्न उठेको छ।

प्रदेश २ माथि आर्मीकाे सहज जित

तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा आर्मीले प्रदेश नं २ माथि १ सय ७१ रनकाे सहज जीत निकालेको छ।

'सिद्धु जी! वर्ल्ड कप कमेन्ट्रीको प्रतिक्षामा छौं'

कांग्रेस नेता नवजोत सिंह सिद्धुले चुनावी भाषणमा भनेका थिए, 'स्मृति इरानीले अमेठीमा राहुल गांधीलाई पराजित गरिन् भने राजनीति छोड्छु।'

एक दिनअघि प्रतियोगितास्थल परिवर्तन

पटकपटक आयोजना मिति सारेको राखेपले प्रतियोगिता सुरु हुने एक दिनअघि तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको प्रतियोगितास्थल नै परिवर्तन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्