नयाँ दिल्ली- कांग्रेस नेता नवजोत सिंह सिद्धुले चुनावी भाषणमा भनेका थिए, 'स्मृति इरानीले अमेठीमा राहुल गांधीलाई पराजित गरिन् भने राजनीति छोड्छु।'
स्मृति इरानीले कांग्रेस अध्यक्ष राहुल गांधीको अमेठीमा हराइ सकेकी छन्। के अव सिद्धुले राजनीति छोड्लान्? यो प्रश्न सामाजिक सञ्जालमा तिब्रताका साथ उठेको छ।
स्मृतिले राहुललाई ५५ हजार भन्दा बढी मतान्तरले हराइन्। कांग्रेसको परम्परागत सिट मानिदै आएको अमेठीमा राहुलको पराजय हुने संकेत हुना साथ समाजिक सञ्जालमा सिद्धुबारे ट्रोल बनाउन सुरु भइसकेको थियो।
ट्विटरमा #sidhuquitpolitics र Sidhu Ji ट्रेन्डमा छ। यसमा मीम्स समेत सेयर भएका छन्। एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, 'अब हामीलाई वर्ल्ड कपमा तपाईको कमेन्ट्रीको प्रतिक्षामा छौं। तपाई अमेठिको लागि राजीनामा दिनु हुने छ। सिद्धु जीलाई हामी तपाईलाई मिस गर्छौं।'
यस अघि पनि सिद्धु आफ्ना भनाईका कारण विवादमा आएका थिए। पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सपथ ग्रहण समारोह समयमा पाकिस्तानका सेनाध्यक्ष जनरल कमर बजवासँग कसिलो लगा मिलाएको भन्दै आलोचित बनेका थिए।
प्रकाशित: १० जेष्ठ २०७६ ०६:१६ शुक्रबार