३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश नं ३ लाई २८९ रनको लक्ष्य

काठमाडाैं– राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय कप क्रिकेट प्रतियोगितामा शसस्त्र प्रहरी बल (एपिएफ)ले प्रदेश नम्बर ३ लाई जितका लागि २८९ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले ५० ओभर पूरा खेल्दै नौ विकेटको क्षतिमा २८८ रनको योगफल बनाएको हो। एपिएफका लागि सुमित महर्जन र कप्तान पृथु बाँस्कोटाले अर्धशतकीय इनिङ्स खेले। सुमितले सर्वाधिक ९४ रनको योगदान दिए भने पृथुले ५९ रन बनाए। १०३ बल खेलेका सुमितले छ छक्का र पाँच चौका प्रहार गरे। त्यस्तै ५८ बल खेलेको पृथुले एक छक्कासहित तीन चौका प्रहार गरे। त्यसैगरी एपिएफका प्रदीप ऐरीले ४०, अमरसिह रौतेलाले २७, भुवन कार्कीले १५, शरद भेषवाकरले १२ तथा आशिफ शेखले सात रन जोडे।

बलिङतर्फ प्रदेश ३ का नन्दन यादव र जीतेन्द्र ठकुरीले समान तीन/तीन विकेट लिए भने पारस खड्का र सुर्य तामाङले समान एक/एक विकेट लिए। विभिन्न १० टोली सहभागी उक्त प्रतियोगिताको विजेता टोलीले २० लाख रुपैयाँ तथा उपविजेताले १० लाख रुपैयाँ पाउनेछ। रासस

प्रकाशित: ११ जेष्ठ २०७६ ०७:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App