२० आश्विन २०८१ आइतबार
image/svg+xml

मैवाखोला: कक्षा ८ को परीक्षामा ५ विद्यार्थी मात्र पास, १४८ ले पढाई दोहोर्‍याउनुपर्ने

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा पाँच जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन्।

कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ।

सिवकोटवा गाउँमा हैजाको जोखिम उच्च

कपिलवस्तु नगरपालिका– ३ सिवकोटवा गाउँको २९ घरको खानेपानी नलमा इकोली (दिसाजन्य पदार्थ) भेटिएको छ।

‘मजदुर बनेर युएई गएका प्रकाश बने मालिक’

२२ बर्ष अगाडी ऋण खोजेर पैसा कमाउने सपना बोकेर म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका प्रकाश कार्की रोजगारीका लागि खाडी मुलुक युएई गए।

चितवनको दुर्गम गाउँ मायाटारमा बिजुली पुग्यो

चितवनको इच्छाकामना गाउँपालिका–२ को दुर्गम गाउँ मायाटारमा पहिलो पटक विद्युत् सेवा पुगेको छ।

दीर्घरोगी र गर्भवतीलाई निःशुल्क स्वास्थ्य बिमा

जिल्लाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका एक सय पाँचजना दीर्घरोगी तथा गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ।

हरिनगर र देवानगञ्जमा निषेधादेश

जिल्ला प्रशासन कार्यालय सुनसरीले सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाका वडा नं १ र ७ मा अर्को सूचना जारी नभएसम्मका लागि निषेधादेश जारी गरेको छ।

अठार करोडको आयोजनामा साठी लाख बजेट

पहिरो रोकथामा लागि रु १८ करोडको आयोजना निर्माणको खाका बनाइए पनि बजेट प्राप्त नहुँदा समस्या भएको छ।

उद्यमी बन्दै महिला

मकवानपुरको मजहरी गाउँपालिकामा बसोबास गर्दै आइरहेका अतिलोपोन्मुख वनकरिया बस्तीका महिलाले खोलाको किनार र वनमा खेर गइरहेको तीतेपाती र निमबाट साबुन उत्पादन गरी गुजारा चलाइरहेका छन्।

सीप सिक्दै गोठी गाउँका महिला

गुठिचौरका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन्। जुम्लाको गुठिचौर गाउँपालिका– २ गोठी गाउँका महिला गाउँमै आलु चिप्स बनाउने सीप सिकेर स्वरोजगार बन्न लागेका हुन्।

वडा सदस्यको निधन

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का वडा सदस्य तथा गाउँपालिकाको न्यायिक समितिका सदस्य राजेन्द्रप्रसाद राय अमातको आज निधन भएको छ।

म्याग्दीको विकट खिवाङ गाउँ सडक सञ्जालमा जोडियो

धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो।

जीवनको सहारा बन्दै व्यावसायिक च्याउखेती

पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं. ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेकी छिन्। व्यावसायिक च्याउखेतीमा लाग्नुभएका चौधरीले गाउँमा नमुना किसानको परिचय बताइन्।

म्याद नाघेका खाद्य सामग्री जफत

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ग्रामीण भेगमा उपभोगको म्याद नाघेका खाद्य तथा पेय पदार्थ बिक्री भएको भेटिएपछि तिनलाई जफत गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्