२० वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

मैवाखोला: कक्षा ८ को परीक्षामा ५ विद्यार्थी मात्र पास, १४८ ले पढाई दोहोर्‍याउनुपर्ने

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा पाँच जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना विद्यार्थी उत्तीर्ण भएका हुन्।

मैवाखोला गाउँपालिकाका शिक्षा प्राविधिक अर्जुन घिमिरेका अनुसार यो शैक्षिक सत्रमा परीक्षा दिएका १ सय ७८ परीक्षार्थीमध्ये १ सय ४८ जनाले कक्षा ८ को पढाई दोहोर्‍याउनुपर्ने भएको छ।

उनका अनुसार २५ जनाले ग्रेड वृद्धि परीक्षा दिन पाउने छन्। मैवाखोलाले ग्रेडबेद्धि परीक्षाका लागि आउँदो वैशाख १० लिने तयारी गरेको छ।  मैवाखोलाले गत चैत ७ देखि १५ गते सम्म कक्षा ८ को पालिका स्तरीय परीक्षा सञ्चालन गरेको थियो।

उता फक्ताङ्लुङ गाउँपालिका ५६ जना परीक्षार्थीले कक्षा ८ दोहोर्‍याउनुपर्ने भएको छ। शिक्षा अधिकृत पदबहादुर सोमैका अनुसार कूल १ सय ९७ परीक्षार्थीमध्ये ७६ जनाले ग्रेडबृद्धिको परीक्षा दिन पाउने भएका छन्।

कूल परीक्षार्थीमध्ये ६५ जना उर्तीण भई कक्षा ९ मा भर्ना हुन योग्य रहेको समेत सोमैले जानकारी दिए। फक्ताङ्लुङले वैशाख ९ गते देखि ग्रेडबृद्धिको परीक्षा हुने गरी कार्य तालिका निर्धारण गरेको छ।

सो गाउँपालिकाले गत चैत ४ देखि १३ गते सम्म कक्षा ८ को परीक्षा सञ्चालन गरेको थियो।

दुवै पालिकाले पालिका भन्दा बाहिरका विद्यालयबाट विषय विज्ञ ल्याएर प्रश्न पत्र बनाएको र उत्तरपुस्तिकको जाँच पनि पालिका बाहिरकै विषय शिक्षकबाट गराएको थियो।

प्रकाशित: २६ चैत्र २०८० १४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App