आर्थिक वृद्धि ६.२ प्रतिशत हुने एडिबीको प्रक्षेपण
एसियाली विकास बैंक (एडिबी)ले नेपालको आर्थिक वृद्धिदर सन् २०१७ मा ५.२ देखि ६.२ प्रतिशतको बीच रहने प्रक्षेपण गरेको छ ।
एसियाली विकास बैंक (एडिबी)ले नेपालको आर्थिक वृद्धिदर सन् २०१७ मा ५.२ देखि ६.२ प्रतिशतको बीच रहने प्रक्षेपण गरेको छ ।
वैदेशिक रोजगारीमा जानुअघि कल्याणकारी कोषमा एक हजार रुपैयाँ बुझाएका कामदारको निधन हुँदा पीडित परिवारले पाउने तीन लाखलाई बढाएर सात लाख रुपैयाँ पुर्याइँदै।
वैदेशिक रोजगारीमा जाने कामदारको म्यादी जीवनको प्रिमियम हतारमा वृद्धि गरिँदा श्रमिकलाई आर्थिक भार परेको औंल्याइएको छ। गत माघ ११ गते प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि बिमा समितिले माग १५ गतेदेखि प्रिमियम वृद्धिको निर्णय गरेको छ।
नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा ४ गुना बढाएर १० हजार २ सय पुर्याएको छ।
वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्तसम्म)को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। सबै वाणिज्य बैंकले लगानीयोग्य पुँजीको अभावका बाबजुद पनि मुनाफा वृद्धि गरेका छन्। आर्थिक विश्लेषकहरुले लगानीयोग्य पुँजी अभावको असर बैंकहरुले सार्वजनिक गर्ने वित्तीय विवरणमा देखिन सक्ने अनुमान गरे पनि बैंकहरुको वित्तीय विवरणमा त्यस्तो असर देखिएको छैैन।
अन्तर्राष्ट्रिय मुद्रा कोषले भूकम्प र नाकाबन्दीपछि नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएको छ। नेपालको आर्थिक तथा वित्तीय अवस्था बुझ्न आएको कोषको आर्टिकल फोर मिसनले भूकम्प र नाकाबन्दीपछि नेपालको आन्तरिक तथा बाह्य अवस्था सुधारोन्मुख रहेको भन्दै चालु आर्थिक वर्षमा ५.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ।
पछिल्लो समय एसिया तथा अफ्रिकाका कैयौँ अल्पविकसित मुलुकमा आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यद्वारा वैदेशिक सहायता उपलब्ध हुँदै आएको छ। तर यस्तो सहायताको ठूलो रकम प्रशासनिक र उपभोग्य वस्तुको उपयोगमा नै खर्च भइरहेको छ।
२०७३ असार मसान्तसम्म नेपालमा सबै किसिमको नागरिकता लिनेको कुल संख्या २ करोड ११ लाख ९९ हजार ८ सय ६९ भएको रेकर्ड राखेको छ। नेपालमा १५ वर्ष बसोबास गरेका आधारमा अहिलेसम्म ८ हजार ३ सय १७ विदेशी नागरिकले नेपालको अंगीकृत नागरिकता लिएका छन्।
मूल्यवृद्धि अझै उच्च देखिएको छ। नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले सोमबार सार्वजनिक गरेको मंसिर महिनाको देशको आर्थिक तथा वित्तीय स्थितिमा मूल्य वृद्धि अझै ३.८ प्रतिशत रहेको देखाएको छ।
पश्चिम दक्षिण चीनको स्वशासित क्षेत्र तिब्बतले सन् २०१६ मा ११.५ प्रतिशतको आर्थिक वृद्धिदर हाँसिल गरेको छ। नेपालसँग उत्तरी सीमा जोडिएको पठार तिब्बतको आर्थिक वृद्धि १६.५ बिलियिन अमेरिकी डलर पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
मोबाइलको बिक्रीमा वृद्धिसँगै बजारमा अस्वस्थ प्रतिस्पर्धा पनि देखिन थालेको छ। विभिन्न मोबाइल ब्रान्डको प्रवेशसँगै बजारमा देखिन थालेको यस्तो अस्वस्थ प्रतिस्पर्धालाई समयमै रोकथाम नगरे यसले समग्र बजारलाई नै असर गर्ने चिन्ता सरोकारवालाको छ।
पेट्रोलियम पदार्थ कारोबारमा नेपाल आयल निगमलाई घाटा भए त्यसको परिपूर्ति गर्न मूल्य स्थिरीकरण कोषको व्यवस्था भए पनि निगमले पेट्रोलमा धेरै नाफा राखेर मूल्य वृद्धि गरेको पाइएको छ।
नेपाल आयल निगमले उपभोक्ताको ठाड सेक्ने गरी मूल्यवृद्धि गरेको भन्दै व्यवस्थापिका संसदको एक उपसमितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि स्थगन गर्न निर्देशन दिएको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै आज युवा सङ्घ नेपाल र अनेरास्ववियुले प्रदर्शन गरेका छन्।