१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

इन्धन खपत ह्वात्तै बढ्यो : पाँच वर्षमा शतप्रतिशत वृद्धि

सवारी साधनको चाप बढेपछि नेपालमा इन्धन खपत ह्वात्तै बढेको छ । पछिल्ला पाँच वर्षमा इन्धन खपत एक सय प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ।

एक शताब्दीका लागि तय गरिएको तापक्रम वृद्धिदर १७ बर्षमै (फाेटो फिचर)

संसारका विकसित, अल्पविकसित र विकासशील राष्ट्रहरुले ‘हुन्छ हामी १.५ डिग्रीमै सिमित राख्छौ’ भनेर लिखित सहमती गरेको पनि दुई बर्ष बितिसक्यो । दुईबर्ष अघि फ्रान्सको राजधानि पेरिसमा त्यो सम्झौता गरे । अहिलेसम्म बोनमा विश्वका हजारौं सहभागीहरुको बीचमा फेरी पनि यही मुद्दामा बहस भइरहेको छ ।

निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णय फिर्ता

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि नेपाल आयल निगमले बुधबार राति गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णय फिर्ता लिएको छ।  प्रधानमन्त्री देउवाले निर्वाचनको मुखमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्न निगम व्यवस्थापनलाई निर्देशन दिएपछि सञ्चालक समितिले मूल्य यथावत् राख्ने निर्णय गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको बुधबार बढाएके मूल्य लागू नहुने भएको छ । सरकारले अहिलेलाई पुरानै मूल्यलाई यथावत राख्ने निर्णय गरेकव् निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।

पर्यटकको संख्यामा वृद्धि

पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भित्रिने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । वनवसा पुल खुल्ने समयावधि बढेपछि तेस्रो मुलुकका पर्यटकको आगमनमा वृद्धि भएको हो । अध्यागमन कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार चालू आवको सेप्टेम्बर महिनासम्म सीमा नाका भएर एक हजार नाैं सय ६८ विदेशी पर्यटक भित्रिएका छन् । सोही नाका भएर एक हजार ३३८ पर्यटक बाहिरिएका छन् ।

आर्थिक वृद्धिदरको प्रक्षेपण र मन्दी

नेपालीमा एउटा उखान छ – पहिलो गाँसमै ढुंगा । नेपालको चालु आर्थिक वर्षमा पहिलो दुई महिनाले नकारात्मक संकेत देखाएको छ । यसै त विभिन्न कारणले गर्दा गतवर्षको अपेक्षा यो वर्ष आर्थिक वृद्धिदरमा कमी आउने पूर्वानुमान गरिएको छ भने लगानीको गति त्यसैलाई सघाउने खालको छ, चिनियाँ नाकामा प्राकृतिक व्यवधानका कारण लामो समयसम्म अवरोध भयो भने भारतको कलकत्ता बन्दरगाहमा उत्पन्न समस्याका कारण आयात व्यापारमा पनि असर पर्यो । विकास कार्यमा सरकारी लगानी अर्थात् पुँजीगत खर्चमा तीव्रता आयो भने आर्थिक गतिविधि चलायमान हुन जान्छ ।

तरकारीको मूल्यमा दोब्बर वृद्धि

चाडपर्वसँगै विराटनगर बजारमा तरकारीको मूल्यमा दोब्बर वृद्धि भएको छ । विराटनगर बजारमा खपत हुने अधिकांश तरकारी मोरङको पूर्वी र दक्षिणी क्षेत्रका साथै सुनसरीको देवानगञ्जबाट आउने गर्दछ तर उक्त क्षेत्रमा भदौ महिनामा आएको बाढीले खेती डुबानमा परेपछि तरकारीको उत्पादनमा कमी भई यसको मूल्यमा वृद्धि भएको हो ।

यो वर्ष आर्थिक वृद्धि ४.७ प्रतिशत : एडिबी

नेपालका प्रमुख विकास साझेदारमध्येको एक एसियाली विकास बैंक (एडिबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.७ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ।

निर्वाचनपछि आपराधिक घटनामा वृद्धि, फेरि एकको हत्या

रौतहट- दुईदशक पश्चात् भएको स्थानीय निर्वाचनसँगै रौतहटमा आपराधिक घटनामा वृद्धि भएको छ। बिहीबार राति फेरि एकजनाको हत्या भएको छ। यो घटनासँगै निर्वाचनयता जिल्लामा हत्या हुनेको संख्या तीन पुगेको छ। मौलापुर नगरपालिकास्थित एकजना चिरान मिल धनीको गएराति हत्या भएको छ।

साउनमा मूल्यवृद्धि २.३ प्रतिशत

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मूल्यवृद्धि २.३ प्रतिशत कायम भएको छ । गत असारमा मूल्यवृद्धि २.७ प्रतिशत रहेकामा साउनमा थोरै कमी आएको होे । अघिल्लो वर्ष भने यस्तो मूल्यवृद्धि ८.६ प्रतिशत थियो । राष्ट्र बैंकले गत वर्षको आधार मूल्य उच्च रहेकाले यो वर्ष कमी आएको बताएको छ ।

ढोरपाटनमा झारलको संख्यामा वृद्धि

छ वर्षअघिको तुलनामा ढोरपाटन शिकार आरक्षमा झारलको संख्या बढेको छ। आरक्ष कार्यालयले यो वर्ष गरेको गणनामा ३८८ वटा झारल भेटिएका छन्।

पुँजी वृद्धि गर्न बोनस र हकप्रदको प्रस्ताव

गत अर्थिक वर्षको बाह्य लेखापरीक्षण गर्दाको अवस्थासम्ममा नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएपछि बैंकहरुले पुँजी वृद्धि गर्न बोनस र हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि सारेका छन्। गत आवको नाफाबाट केही बैंकले पुँजी वृद्धिका लागि बोनस सेयरको प्रस्ताव सञ्चालक समितिबाट पारित गरिसकेका छन्।

युवा दिवसमा सम्वृद्धिका योजना राख्ने तीन युवा पुरस्कृत

युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषदले आयोजना गरेको भिजन लेखन प्रतियोगितामा उत्कृष्ट तीन जना पुरस्कृत भएका छन्।

वैदेशिक रोजगार कल्याणकारी कोषको शुल्क वृद्धि, २५ सयसम्म तिर्नुपर्ने

सरकारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम बढाउने निर्णय गरेको छ। यो निर्णयसँगै वैदेशिक रोजगारमा जाने कामदारले अब कल्याणकारी कोषमा थप रकम जम्मा गर्नुपर्ने हुन्छ। यसअघि एक हजार रुपैयाँ जम्मा गर्दै आएका कामदारले अब रोजगारीको अवधि हेरेर २५ सय रुपैयाँसम्म जम्मा गर्नुपर्ने हुन्छ।

आर्थिक सम्वृद्धिका लागि एनआरएनको पूँजी परिचालन महत्वपूर्ण : पन्त

गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले नेपालको आर्थिक सम्वृद्धिमा गैरआवासीय नेपालीको पूँजी परिचालन महत्वपूर्ण हुने बताएका छन्। रसियाको मस्कमो आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वभरि छरिएर रहेका नेपालीले आर्जन गरेको पूँजी (ज्ञान, सीप र धन) को परिचालनबाट नेपालले ठोस रुपमा आर्थिक फड्को मार्न सक्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्