करको दर वृद्धिको विरोध समाधान गर्न कार्यदल
भरतपुर महानगरपालिकाले करको दर वृद्धिसम्बन्धि उत्पन्न विवाद समाधानका लागि कार्यदल गठन गरेको छ । महानगरपालिकाले करको दर बढाएपछि जिल्लाका व्यवसायीले विरोध गरेकाले उक्त कार्यदल गठन गरिएको हो।
भरतपुर महानगरपालिकाले करको दर वृद्धिसम्बन्धि उत्पन्न विवाद समाधानका लागि कार्यदल गठन गरेको छ । महानगरपालिकाले करको दर बढाएपछि जिल्लाका व्यवसायीले विरोध गरेकाले उक्त कार्यदल गठन गरिएको हो।
सरकारले चालु अर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने जनाएको छ। अर्थमन्त्रालयले बुधबार मध्यावधि समिक्षा गर्दै आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत रहेको जनाएको हो।
निजी क्षेत्रको पहिलो मोवाइल सेवा प्रदायक एनसेलको वार्षिक डाटा खपत १३० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको प्रमुख लगानीकर्ता आजियाटाले निकालेको पछिल्लो २०१७ को वार्षिक वित्तीय विवरण अनुसार ग्राहक संख्या र डाटा खपतमा उल्लेख्य वृद्धि भएको छ।
नेपालगन्जमा लगानीकर्ता प्रशिक्षण तथा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम भएको छ । नेपाल धितोपत्र बोर्ड तथा नेपालगन्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा गत शनिबार उक्त कार्यक्रम भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँग सहकार्य गरी आउँदो आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक वृद्धि पुर्याउने सरकारको योजना रहेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक वृद्धि पु¥याउने योजनामा सरकार लागेको बताएका छन्।
पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न तयारी थालिएको छ। न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा ‘श्रमजीवी पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक’ आज विदुरमा आयोजित अन्तक्र्रियामा समितिका अध्यक्ष गंगाधर पराजुलीले हाल कायम रहेको न्यूनतम् पारिश्रमिक कम भएको र सुझाव संकलनको क्रममा पत्रकारबाट बढाउन माग उठेकाले परिमार्जनसहित वृद्धि गर्न लागिएको जानकारी दिए।
भारत सरकारले आर्थिक वृद्धिदर ८ प्रतिशतभन्दा माथि पुर्याउने लक्ष्यका साथ आर्थिक वर्ष २०१८-१९ को बजेट सार्वजनिक गरेको छ ।
झापामा गएको ३ आर्थिक वर्षकोे लेखाजोखा गर्दा मानिसमा हुने कडा खालको रोगको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।
रसुवामा गोलभेंडा उत्पादन बढेको छ । ६ वर्ष अघिदेखि सुरु भएको व्यावसायिक गोलभेंडा खेती जिल्लाभर नै विस्तार हुँदै जाँदा उत्पादन पनि बढ्दै गएको हो ।
हिमाली पर्यटकीय जिल्ला मुस्ताङको भ्रमणमा आउने पर्यटकको संख्या ३४.४९ प्रतिशतले बढेको छ। सन् २०१६ को तुलनामा सन् २०१७ मा पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित इलाका कार्यालयले जनाएको छ।
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेपछि शिक्षण शुल्कमा दोब्बर वृद्धि गरेको छ । त्रिवि कार्यकारी परिषद्को निर्णयले अगामी शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी स्नातकोत्तर तहको शुल्क प्रतिसेमेस्टर ८ हजारबाट बढाएर संकायअनुसार १२ हजारदेखि २० हजारसम्म बनाएको छ।
नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ। संघले शुक्रबार राजधानीमा बृहत दबाब -याली निकाल्दै वीरगञ्जमा सीमासम्बन्धि विवाद सुल्झाउन, विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बिमा, त्रिविको शुल्क वृद्धि फिर्ता, शैक्षिक बेरोजगार भत्ता र सबै स्थानीय तहमा सरकारी स्वामित्वमा प्राविधिक शिक्षालय लगायतका माग पूरा गर्न माग गरेको हो।
चालु आर्थिक वर्षको पहिलो पाँच महिनासम्ममा चीनतर्फका निर्यात उल्लेख्य वृद्धि हुँदा भारततिर भने त्यसअनुसार हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले निकालेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा चीनतर्फको निर्यात ७८.४ प्रतिशतले वृद्धि भएको छ भने भारत तर्फ ५.५ प्रतिशतमात्र वृद्धि भएको छ ।
चीनमा यसवर्ष आर्थिक वृद्धिदर ६.९ प्रतिशतले बढेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार ७ वर्षयता पहिलोपटक सन् २०१७ मा चीनको अर्थव्यवस्थामा ६.९ प्रतिशतले वृद्धि भएको हो।