१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पेट्रोल र डिजेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा १/१ रुपैयाँ मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

बढ्दै छ नेपालीकाे खर्च गर्ने क्षमता

देशमा स्थायी सरकारले आफ्ना योजनासहित कार्यक्रम कार्यान्वयनमा लगेपछि नेपाली प्रतिव्यक्ति आय बढ्न गई खर्च गर्न सक्ने क्षमतामा समेत बढोत्तरी भएको केन्द्रीय तथ्यांक विभागमा महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए।

साताको शेयर बजार: उच्च अङ्कको वृद्धि, वाणिज्य बैंकको बोलवाला

नयाँ वर्षको शुरुसँगै धितोपत्र बजारमा शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ। कारोवार रकममा समेत उच्च वृद्धि भएको छ। शेयर बजारले लय समातेको पाइएको छ। आइतबार कारोवार मापक नेप्से परिसूचक ३१.८९ विन्दुले बढेर एक हजार २६४.२० विन्दुमा पुग्यो।

साताको शेयर बजार, वाणिज्य बैंकको बोलवाला

नयाँ वर्षको शुरुसँगै धितोपत्र बजारमा शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ। कारोवार रकममा समेत उच्च वृद्धि भएको छ। शेयर बजारले लय समातेको पाइएको छ।

प्रतिव्यक्ति आय बढ्यो : तथ्यांक विभाग

चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत हुने भएको छ। केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०७५/७६ को राष्ट्रिय लेखा तथ्याङ्क’अनुसार चालू आर्थिक वर्षको आर्थिक अवस्थाका बारेमा प्रक्षेपण गरेको हो। सरकारले भने चालू आर्थिक वर्षमा आठ प्रतिशत बढी आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो। पछिल्ला तीन वर्षमा निरन्तररुपमा ६ प्रतिशतबढी आर्थिक वृद्धिदर हुँदै आएको छ। तीव्रतर आर्थिक वृद्धि हुने देशमा नेपाल परेको छ।

विदेशिने कामदारलाई थप आर्थिक भार

वैदेशिक रोजगार ऐनलाई संशोधन गर्दै सरकारले मेनपावर कम्पनीको धरौटी ३० लाखबाट बढाएर ६ करोड पुर्याएको छ। तर वैदेशिक रोजगारीका नाममा हुने ठगि न्यूनीकरण हुने विश्वासले गरिएको धरौटी वृद्धिको असर अन्तत विदेशिने कामदार माथि पर्ने व्यवसायीहरुले बताएका छन्।

‘सोक्लामा छिट्टै आर्थिक समृद्धि ल्याउँछौं’

भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले केही वर्षभित्रै सोक्ला, खेलाप, न्यागल, फूलपा, नागदह गाउँका जनताको आर्थिकस्तरमा उल्लेख्य परिवर्तन आउने बताएका छन्। मेयर केसीले तेस्रो तामाकोसी जलविद्युत् आयोजनासँगै यहाँको आर्थिक अवस्थामा परिवर्तन आउने उनले बताए।

'आर्थिक वृद्धिदर सात प्रतिशत माथि'

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर सात प्रतिशतभन्दा माथि हुने बताएका छन्। बुधबार बिराटनगरमा नेरुडे लघुवित्त वित्तीय संस्थाको नवनिर्मित भवनको उद्घाटन गर्दै गभर्नर नेपालले उक्त धारणा राखेका हुन्।

मूल्यवृद्धि ४.२ प्रतिशतमा सीमित

आठ महिनाको यो अवधिमा सबैभन्दा बढी मूल्यवृद्धि हिमाली क्षेत्रमा छ। हिमाली क्षेत्रमा फागुनसम्म ५.५ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्रको आर्थिक तथा वित्तीय स्थितिको मासिक प्रतिवेदनमा उल्लेख छ।

उच्च वृद्धिदर टिकाउन निर्यात बढाऊ

दक्षिण एसियाली क्षेत्रका मुलुकले निर्यात वृद्धिदर अझ माथि पु-याउन नसके उनीहरुले प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्य भेट्न नसक्ने विश्व बैंकले जनाएको छ।

नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने : विश्व बैंक

दक्षिण एशियामा सबैभन्दा कम आर्थिक वृद्धि गर्ने देशको सूचीमा अफगानिस्तान परेको छ। अफगानिस्तानको सन् २०१९ मा साढे दुई प्रतिशत आर्थिक वृद्धि हुने बताएको छ।

एडिबी अनुमान– यो वर्षको आर्थिक वृद्धिदर ६.२%

एसियाली विकास बैंक (एडिबी)ले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ। एडिबीले आफ्नो पछिल्लो समष्टिगत आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै ६.२ प्रतिशत आर्थिक वृद्धिदरको अनुमान गरेको हो।

चीनको चमत्कार

सन् १९७८ मा नेता तङ स्यावोफिङले सुधार र खुलापन नीति सुरु गर्दासम्म चीन अत्यन्त गरिब राष्ट्रमा गनिन्थ्यो। सन् १९८० देखि ९० को दशकसम्म चीन विश्वबाट धेरै अनुदान लिने देश थियो।

५ वर्षमा नेपालको कुल लगानी साँढे ९२ खर्ब पुग्ने, कसको कति लगानी रहने ?

सरकारले लक्षित विकास हासिल गर्न अबको ५ वर्षमा ९२ खर्ब ४६ अर्ब ३९ करोड रुपैयाँ खर्च गर्नुपर्ने भएको छ।

कच्चा तेलको उत्पादन घट्यो, विश्व बजारमा तेलको मूल्यवृद्धि

विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप बृद्धि भएको छ। विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको हो। जुन महिनामा ब्रेन्ट कच्चा तेलको मूल्यमा शून्य दशमलब ५ प्रतिशत अर्थात ३४ सेन्टले बृद्धि भई प्रति ब्यारेल ६७.९२ अमेरिकी डलर कायम भएको छ। यो मूल्यवृद्धि पहिलो चौमासिकमा २७ प्रतिशत हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्