१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

नेप्से दुई अङ्कले बढ्यो

शेयर बजारमा सुधारको क्रम जारी रहेको छ। पछिल्लो दिनमा सामान्य अङ्कले वृद्धि भएको बजारमा आज कारोवार मापक नेप्से परिसूचक २।०१ विन्दुले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार बढेर एक हजार १४४।५३ विन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।३२ विन्दुले बढेर २४३।४९ विन्दुमा पुगेको छ।

घट्यो मूल्य वृद्धि, तराई सबैभन्दा सस्तो

चालु आर्थिक वर्षको माघ महिनासम्म आइपुग्दा तराई सबैभन्दा बढी सस्तो भएको छ।  गत वर्ष यस अवधिमा तराई सबैभन्दा महंगो थियो।

अर्थतन्त्रमा गम्भीर असरको संकेत

निर्वाचनपछि बनेको स्थिर सरकारको यो पहिलो वर्ष हो। ०७३/७४ मा ७.१ प्रतिशत आर्थिक वृद्धि हासिल भएको थियो। अहिले पनि यसमा महत्वपूर्ण हिस्सा कृषि क्षेत्रकै छ। ग्रामीण क्षेत्रको अर्थतन्त्रसँग जोडिएको कृषिमा असर पर्ने अवस्थामा आर्थिक वृद्धिदर पनि प्रभावित हुने देखिन्छ।

नेपालले खर्च कम गर्यो : एडिबी

एशियाली विकास बैंकले सन् २०१८ मा नेपाललाई दिँदै आएकोे आर्थिक सहयोगमा भारी वृद्धि गरेको छ। बैंकबाट प्राप्त आर्थिक सहयोगको तुलनामा नेपालले खर्च भने कम गरेको बैंकले विज्ञप्ती जारी गरेर जानकारी गराएको छ।

लक्षित आर्थिक वृद्धिदर पूरा हुने

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिदर ७–८ प्रतिशतभित्र रहने बताएका छन्। सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ।

जीवन बीमा गर्नेकाे संख्या बढ्दाे, ४५ लाखले गरे बीमा

पछिल्लो समय बीमा गर्नेको संख्या उल्लेख्य बढेको छ। सचेतनामा भएको वृद्धिले गर्दा बीमा गर्नेको संख्या बढेको हो। दुई वर्षमा बीमा गर्ने मानिसको संख्या बढेर १७ प्रतिशतमा पुगेको छ। दुई वर्षअघि ७ प्रतिशत जनसंख्याले मात्र बीमा गरेका थिए।

चिनियाँ सामानमाथिकाे करबृद्धि स्थगन गर्ने ट्रम्पको घोषणा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा “सन्तोषजनक प्रगति” भएको भन्दै चिनियाँ सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताएका छन्। दुई मुलुकबीचको व्यापार सम्झौताका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिखर वार्ता हुने अपेक्षा गरिएको पनि राष्ट्रपति ट्रम्पले जानकारी दिए।

‘आर्थिक विकास र सम्वृद्धिमा ध्यानदिउँ’

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थायित्वसँगै प्रमुख राजनीतिक दलहरुको ध्यान मुलुकको आर्थिक विकास र सम्वृद्धितर्फ केन्द्रीत गर्न आग्रह गरेकी छिन्।

फलफूल आयात ६० प्रतिशतले बढ्यो

सरकारले कृषिजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा चालु आर्थिक वर्षमा फलफूल आयात ६० प्रतिशतले वृद्धि भएको छ। गत वर्षको पहिलो ६ महिनामा दुई अर्ब ९० करोड ६ लाख रुपैयाँको फलफूल आयात भएकोमा चालु आर्थिक वर्ष ०७५/७६को सोही अवधिमा फलफूल आयात बढेर चार अर्ब ६७ करोड ४० लाख रुपैयाँको पुगेको छ।

शेयर बजारमा २२ अंकको वृद्धि

लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने दोहोरो अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.४४ बिन्दुले बढेर एक हजार १२४.९६ बिन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ४.५५ बिन्दुले बढेर २३८.९१ बिन्दुमा पुगेको छ।

दक्षिण कोरियाद्वारा अमेरिकी सेनाको तलब वृद्धिको घोषणा

दक्षिण कोरियाली भूमिमा कार्यरत अमेरिकी सेनाको व्यवस्थापनका लागि बजेट बढाउनेबारे सहमति भएको सोलले आइतबार जानकारी गराएको छ।

१५ वर्षमा २ करोड ग्राहक

नेपाल टेलिकमका ग्राहक १५ वर्षमा दुई करोडभन्दा धेरै भइसकेका छन्। १५ वर्षअघि कम्पनीका ग्राहक चार लाख २२ हजार रहेकोमा हाल यो संख्या दुई करोड १० लाख पुगेको छ। मंगलबार टेलिकम स्थापनाको १५औं वार्षिकोत्सवका अवसरमा बोल्दै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले ग्राहक संख्यामा उल्लेख्य वृद्धि हुँदै आम्दानी बढिरहेको बताए।

भेनेजुएलामाथि प्रतिबन्धको प्रभाब, तेलको मूल्यमा वृद्धि

तेलको मूल्यमा गत हप्ता भेनेजुएलामा भएको राजनीतिक परिघटनालाई लिएर अमेरिकाले राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न वा निर्वाचन गराउन दवाब सिर्जना गर्ने उद्देश्यले थप आर्थिक प्रतिबन्धको घोषणाको प्रभाव पेट्रोलियम पदार्थको मूल्यमा पनि परेको छ। ‘वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटिआई)’ को मूल्यमा आगामी मार्चका लागि हुने आपूर्तिमा २.९ र ब्रेन्टको मार्चका लागि हुने आपूर्तिमा १.९ प्रतिशतले वृद्धि गर्ने बताएपछि यसको प्रभाव गत हप्तादेखि नै अमेरिका लगायत भेनेजुयलाबाट पेट्रोलियम पदार्थको आयात गर्ने मुलुकमा परेको छ।

पेट्रोल र डिजेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले शनिवार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ वृद्धि गरेको हो। नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर ११० र डिजेल र मट्टितेल ९७ रुपैया पुगेको छ।

टुटलले विश्वास टुटाउँदा

राजधानी काठमाडौंमा सार्वजनिक यातायात प्रयोगकर्ताका दुःख अनेकन् छन्। भन्नलाई काठमाडौं महानगरपालिका भन्ने ठूलो नाम छ। ललितपुर उपमहानगरपालिका र अन्य नगरपालिका र गाउँपालिकासहित उपत्यकामा झण्डै डेढ दर्जन स्थानीय सरकार छन्। स्थानीय सरकारले यातायातलाई भरपर्दो बनाएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्