व्यापार वार्ताका लागि अमेरिकी कर वृद्धि हट्नुपर्ने
व्यापार वार्ताका लागि चीनमाथि अमेरिकाले गरेको करवृद्धिको निर्णय हट्नुपर्ने चिनियाँ वाणिज्य मन्त्रालयले बिहीबार जनाएको छ। ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङले गत साता जापानको ओसाकामा भएको जी¬–ट्वान्टी समूह राष्ट्रको सम्मेलनका अवसरमा व्यापार वार्ताका लागि सहमति भएअनुसार विश्वका दुई ठूला अर्थतन्त्रको व्यापार समूहहरुले पुनः संवादका लागि सम्पर्क कायम गरेका छन्,’ चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फेङले बताएका छन्।