२० आश्विन २०८१ आइतबार
image/svg+xml

अनाथ बालबालिकासँग पत्रकारको होली

होली पर्वको अवसरमा सञ्चार क्लब नेपाल, उर्लाबारीले आज स्थानीय नमूना बालगृहमा होली मिलन कार्यक्रम गरेको छ।

जनकपुरमा होली भोलि मनाइने

सद्भाव, उमंग, प्रसन्नता र रङको पर्व होरी(होली) जनकपुरधाम क्षेत्रमा भोलि मनाइने भएको छ । मिथिलाञ्चलको महाकुम्भ मानिएको १५ दिने मिथिला माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट यसक्षेत्रमा होरी मनाइने परम्परा छ।

होली खेलिरहेकै स्थानमा खुकुरी प्रहार गरी हत्या

टीकापुरस्थित खुला मैदानमा होली खेलिरहेकोअवस्थामा एक युवकको हत्या भएको छ । होली खेलिरहेकै स्थानमा पाँच जनाको समूहले घेरा हालेर खुकरी प्रहार गरी युवकको हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

तराईमा आज होली मनाइँदै

परम्परागत रूपमा विभिन्न रङहरूको प्रयोग गर्दै नेपालको तराईका जिल्लाहरूमा शुक्रबार होली अर्थात् फागु पूर्णिमा धुमधामका साथ मनाइँदैछ।

होली खेल्दै फिल्म प्रमोसन

रंगको पर्व होली धेरैका लागि मनोरञ्जनको माध्यम बनिरहँदा मनोरञ्जनकै लागि भनेर बनेका फिल्मले भने यही पर्वलाई प्रचार प्रसारको माध्यम बनाए।

होलीको सांगीतिक कार्यक्रममा झडप, ४ जना पक्राउ

फागु पूर्णिमाका अवसरमा स्थानीय बट्टारमा आयोजित सांगीतिक कार्यक्रममा तोडफोड गर्ने चार जना पक्राउ परेका छन्। विहीबार साँझ विदुर नगरपालिका वडा नं ४ बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा प्रहरीलाई हातपात र गाडी तोडफोड गर्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

होलीमा उपत्यकाबाट १६० पक्राउ

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होली पर्वका अवसरमा जबर्जस्ती रङ दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने लगायत अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा काठमाडौँबाट १६०, ललितपुरबाट तीन र भक्तपुरबाट चार जनालाई प्रहरीले विहीबार पक्राउ गरेको हो।

होली खेल्नेक्रममा छतबाट खसेर बालकको मृत्यु

होली खेल्नेक्रममा एकजना बालकको घरको छतबाट खसेर मृत्यु भएको छ। घरको छतबाट खस्दा पोखरा लेखनाथ महानगरपालिका–२ विन्ध्यवासिनीका ११ वर्षिय आविश्कार रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ।

वसन्तपुरमा होलीको रौनक, विदेशी पर्यटकले पनि मनाए (फोटो फिचर)

फागुपूर्णिमाको दिन बिहीबार र‌गहरुको पर्व होली राजधानीलगायत मुलुकका पहाडी भेगमा होली मनाइँदै छ। यसैक्रममा राजधानीको वसन्तपुरमा होलीको वेग्लै रौनक देख्न सकिन्छ। भूकम्पबाट दुई वर्षअघि क्षतविक्षत वसन्तपुरमा सामूहिक रुपमा हर्षउल्लासका साथ होली मनाइएको छ।

हराउँदै होलीको मौलिकता

मधेसमा सद्भावको प्रतीकका रुपमा मनाइने होली पर्वको मौलिक रौनक हराउन थालेकोप्रती समाजका अगुवाहरुले चिन्ता ब्याक्त गरेका छन्। मिथिलाको लोक संस्कृतिसँग जोडिएको होली पर्वको मौलिक गीत र शैली गुम्दै गएको लहान सिटी जेसिजले आयोजना गरेको होली मिलन कार्यक्रमका वक्ताहरुले उल्लेख गरे।

बानेश्वरमा कलाकारको भव्य होली (फोटो फिचर)

फागु पूर्णिमा (होली पर्व)को अवसरमा राजधानीको बानेश्वरमा भव्य रुपमा होली मनाइएको छ। ‘रेडियो अडियो बानेश्वर होली’ नाम दिइएको कार्यक्रममा नेपाली सिने क्षेत्रमा चर्चित कलाकारहरु उपस्थित थिए। कार्यक्रममार्फत मह जोडीले निर्माण गरेको फिल्म ‘शत्रुगते’को प्रवर्द्धन समेत गरियो।

बृद्धबृद्धासँग मुख्यमन्त्रीको होली

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बृद्धबृद्धाहरुसँग होली मनाएका छन्। मुख्यमन्त्री शाहीले बिहीबार वीरेन्द्रनगरको प्रशान्ति बृद्धाश्रम पुगेर त्यहाँ रहेका बृद्धबृद्धाहरुसँग होली बनाएका हुन्। शाहीले होलीको अवसर पारेर बृद्धबृद्धाहरुलाई कम्मल, फलफुल र नगद पनि वितरण गरे।

नेपाल रिपब्लिक मिडियामा होली (फोटो फिचर)

रंगको पर्व होली मनाइदै छ। नेपाल रिपब्लिक मिडियाको केन्द्रीय कार्यालय जेडिए कम्प्लेक्स सुन्धारामा पनि विशेष कार्यक्रमका साथ होली मनाइएको छ।

सन्दर्भ होली : कुन रङले कस्तो प्रभाव पार्छ ?

हर्ष, उमङ्ग, उल्लास र खुशीको बहार बोकेर हामी बिच २०७४ सालको होली अईपुगेको छ। प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णीमाका दिन मनाईने यो पर्व लाई रङ्ग हरूको पर्व पनि भनिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्