२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

वसन्तपुरमा होलीको रौनक, विदेशी पर्यटकले पनि मनाए (फोटो फिचर)

काठमाडौं – फागुपूर्णिमाको दिन बिहीबार र‌गहरुको पर्व होली राजधानीलगायत मुलुकका पहाडी भेगमा होली मनाइँदै छ।

यसैक्रममा राजधानीको वसन्तपुरमा होलीको वेग्लै रौनक देख्न सकिन्छ। भूकम्पबाट दुई वर्षअघि क्षतविक्षत वसन्तपुरमा सामूहिक रुपमा हर्षउल्लासका साथ होली मनाइएको छ।

विभिन्न उमेरसमुहका मानिसहरु तथा विभिन्न देशबाट नेपाल घुम्न आएका पर्यटकहरुले एक आपसमा अबिर दलेर शुभकामना आदानप्रदान गर्दै मनाएका छन्। 

होलीको अवसरमा काठमाडौंको वसन्तपुरमा भएको होली विशेष कार्यक्रममा हजारौंको उपस्थिति थियो। 

काठमाडौ‌ प्रहरी परिसर प्रमुख एसएसपी विश्वराज पोख्रेलका अनुसार राजधानीमा होलीका अवसरमा हुनसक्ने विभिन्न खालका अपराधका गतिविधि हुन नदिन ठुलो स‌ख्यामा प्रहरी परिचालन गरिएको छ। उनले भने, ‘विगतका वर्षहरुभन्दा होली मनाउने तौरतरिकाहरु केही सभ्य भएर गइरहेका छन्। अहिलेसम्म कुनै अप्रिय घटना भने घटेको छैन।’

तस्बिरहरु : दिपेन्द्र रोक्का 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App