७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

मधेसमा रोकिएन ‘सेटिङ’ मा नदी दोहन

लहान नगरपालिका र धनगढीमाई नगरपालिकाले प्रारम्भिक वातावरण परीक्षणबिना खुट्टी र सर्रे खोला उत्खननको सम्झौता गरेको खुलेको छ।

आत्मनिर्भरतातर्फ हिंसा प्रभावित महिला

सिरहाको लहानमा घरेलु हिंसाबाट प्रभावित महिला ‘जागरुक दालमोठ भुजिया उद्योग’ सञ्चालन गरी आत्मनिर्भरतातर्फ अग्रसर भएका छन्।

खुट्टी खोला अवैध दोहनमा संलग्न रहेका चिनियाँ नागरिक पक्राउ

डिभिजन वन कार्यालय लहानले चाइना रेल्वे कम्पनी ग्रुप २ का साइट इन्चार्ज चिनियाँ नागरिक हु स्या छ्याङलाई पक्राउ गरेको छ।

लहान अस्पतालमा रेविजविरुद्धको खोप अभाव

लहान अस्पतालमा पछिल्लो नौ दिनयता रेविजविरुद्धको खोप अभाव भएपछि बनैँताजस्तै अन्य बिरामी महङ्गो शुल्क तिरेर निजी क्लिनिकमा जान बाध्य छन्।

पीडकले लिखित माफी मागेपछि काममा फर्किइन् डाक्टर अन्शु

'ललिताले मेरो लुगा नै च्यात्ने प्रयास गरिन्' उनले भनिन्,‘माथि युनिफर्म नलगाएको भए ललिता मेरो लुगा नै च्यात्ने थिइन्।’

मधेसका शक्तिपीठमा खोंइच भराईको उल्लास

विजया दशमीको आगमनसँगै मधेसका गाउँसहरको चोक–चोकमा आकर्षक प्रवेशद्वार निर्माण गरिएका छन्। झिलिमिली बिजुली बत्तीले दुर्गा मन्दिर झकिझकाउ छ।

सर्लाहीको चक्रघट्टामा ७ सय २५ जनाको निःशुल्क आँखा परीक्षण

सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा स्थानीय जनशक्ति युवा क्लब चक्रघट्टा ५ पडरियाले चक्रघट्टा बजारमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा ठूलो संख्यामा आँखाका बिरामीको उपस्थिति रहेको थियो।

राजनीतिमा आकर्षणको राज

२०५२ सालको माओवादी आन्दोलन र २०६२/६३ पश्चातका मधेस आन्दोलन लगायतका आन्दोलन केवल सत्ता परिवर्तन र शक्ति पुनर्वितरणका लागि गरिएको प्रतिकारमात्र थियो भन्ने आन्दोलन कारी पक्षको काँचुली फेराइले प्रष्ट पारेकै छ।

तीन दिनसम्म निर्जला व्रत बसी मधेसी समुदायका महिलाले मनाउने जितिया पर्व सुरु

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ। राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ।

नेता गिरीको निधनमा लहान नगरपालिकाद्वारा शोक बिदा

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको लहान नगरपालिकाले शोक बिदा दिएको छ।

जंगली हात्ती पीडितलाई मेयरको राहत

पीडित परिवारलाई प्रति परिवार २५ किलो चामल, नुन, तेल, दाल र तत्काल ओत लाग्न त्रिपाल वितरण गरेको मेयर चौधरीले बताए। हाती पीडित परिवारलाई घर बनाउन सहयोग स्वरुप जस्ता पाता समेत दिने योजना रहेको उनले बताए।

लहान नगरमा प्रतिष्ठाको लडाइँ, गठबन्धन भर्सेस एमाले

मधेस आन्दोलनको उद्गमस्थल लहान नगरपालिकाको नयाँ नेतृत्वका लागि कांग्रेस, जसपा, माओवादी केन्द्रको गठबन्धन र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ।

चाइना रेल्वे कम्पनीको मनोमानीः चुरे फेदीका खोलामा अनियन्त्रित दोहन

चाइना रेल्वे कम्पनीले खुट्टी खोलामा मात्र अनियन्त्रित दोहन मच्चाइरहेको छैन। धनुषा र सिरहाको साझा कमलानदी र सिरहाकै गागन नदीमा पनि खुट्टीखोलामा जस्तै दोहन गरिरहेको पाइएको छ। विकासको नाममा भइरहेको सीमाविहीन दोहनले विनाश निम्तिने लहान नगरपालिका–१५ ढोडना गाउँका स्थानीय टीकाबहादुर राउत बताउँछन्।

कानुनमाथि क्रसर व्यवसायी

कानुन मिचेर खडा भएका क्रसर उद्योग सिरहामा मात्र नभएर मधेस प्रदेशभरि सञ्चालित छन्। यस्ता क्रसरलाई कानुनी दायरामा ल्याउनुभन्दा स्थानीय प्रशासक र नियामक निकाय सेटिङ मिलाएर मौन बस्ने गरेको स्थानीय बताउँछन्।

भगवान बनाउने मान्छे

प्रत्येक वर्ष दुर्गा पूजामा भगवानको मूर्ति बनाउने रामबाबुलाई मूर्तिकार भन्दा पनि भगवान बनाउने मान्छेका रुपमा चिन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्