२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

पीडकले लिखित माफी मागेपछि काममा फर्किइन् डाक्टर अन्शु

अपरिचितबाट हातपात भएपछि रुँदै पीडा सुनाउँदै प्रादेशिक अस्पताल लहानमा कार्यरत्त डा. अन्शु शौरभ।

प्रादेशिक अस्पताल लहानमा कार्यरत्त डा. अंशु शौरभमाथि हातपात गर्ने पक्षले लिखित माफी मागेपछि उनी काममा फर्किएकी छन्।

डा. शौरभमाथि स्थानीय ललिता यादवले मेडिकल सुपरिडेन्टेन्ट डा. सुनिलकुमार कुशवाहाको च्याम्बरमै हातपात गरेकी थिइन्। त्यसपछि अस्पतालको सेवा अवरुद्ध भएको थियो। लहान नगरपालिका १९ छरापटी स्थायी भएकी ललिता लहान ८ मा बस्दै आएकी छन्।

अस्पताल विकास समितिका अध्यक्ष शत्रुधन मण्डलको छिमेकी हुन् ललिता। डा. शौरभ मेडिकल सुपरिडेन्टेन्ट कुशवाहासँग आफूलाई जनकपुर अस्पतालमै काज फिर्ता गरिदिन आग्रह गर्दै आएकी थिइन्। उनी कन्सलटेन्ट एमडी हुन्। त्यहीबीचमा समितिका अध्यक्ष मण्डलले उनलाई हप्काएपछि दुबैबीच भनाभन भएको थियो। र, समिति अध्यक्ष मण्डलसँग रहेकी ललिताले आफूमाथि पानीको बोतल प्रहार गरेको डा. शौरभले बताइन्।

'ललिताले मेरो लुगा नै च्यात्ने प्रयास गरिन्' उनले भनिन्,‘माथि युनिफर्म नलगाएको भए ललिता मेरो लुगा नै च्यात्ने थिइन्।’ समितिका अध्यक्ष र मेसुको सामुन्ने हातपात गर्ने ललितामाथि जाहेरी दिन इलाका प्रहरी कार्यालय लहान पुग्दा पीडक पक्षले लहान नगरपालिकाको उपमेयर रामचलितर महतोको रोहबरमा लिखित माफी मागेको डा. शौरभले बताइन्।

डिएसपी कुमार मैनाली, पीडित डाक्टरको परिवारबीच अस्पताल विकास समितिका अध्यक्ष मण्ड र ललिताले लिखित माफी मागेको डा. शौरभले भनिन्। माफी मागेर अब यस्तो घटना नदोहरिने प्रतिबद्धता गरेपछि आफूसहितका चिकित्सक काममा फर्केको उनले बताइन्।

प्रकाशित: ४ कार्तिक २०७९ १३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App