१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आत्मनिर्भरतातर्फ हिंसा प्रभावित महिला

सिरहाको लहानमा घरेलु हिंसाबाट प्रभावित महिला ‘जागरुक दालमोठ भुजिया उद्योग’ सञ्चालन गरी आत्मनिर्भरतातर्फ अग्रसर भएका छन्।

ओरेक नेपाल सिरहाको वार्षिक व्यावसायिक योजनाअन्तर्गत चारजना मिलेर जनही २० हजार रुपैयाँ संकलन गरी ८० हजारको आर्थिक सहयोगमा दालमोठ भुजिया उद्योग सञ्चालनमा ल्याइएको संयोजक अनिता चौधरीले जानकारी दिइन्। उनका अनुसार हिंसा प्रभावित महिलालाई दिगो आम्दानीमार्फत स्वरोजगार बनाउन उद्योगको अवधारणा अघि सारिएको हो।

‘पति र सासू–ससुराबाट घरेलु हिंसामा परेका महिलाको जीविकोपार्जनका लागि हामीले ‘बीउपुँजी’ स्वरूप सानो रकम उनीहरूलाई उद्योग सञ्चालन गर्न उपलब्ध गराउँछौं’, संयोजक चौधरीले भने, ‘यसले उनीहरूको जीविकोपार्जनमा सहयोग पुग्नुका साथै हौसला अभिवृद्धि हुन्छ।’ उनका अनुसार अदालतमा मुद्दा विचाराधीन रहँदासम्म ओरेक नेपालकै संरक्षणमा पीडित महिलाले उद्योग सञ्चालन गर्ने गरेका छन्।

ओरेक नेपाल सिरहाले गरेको यस प्रकारको कार्यको प्रशंसा गर्दै लहान नगरपालिकाका उपप्रमुख रामचरितार महतोले हिंसा प्रभावित महिलाको पुनस्र्थापना र जीविकोपार्जनमा उद्यमशीलताले सहयोग पुग्ने बताए। साथै हिंसा प्रभावित महिलाका समस्या समाधान गर्न नगरले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए।

चार दिनको तालिमपछि उद्योग सञ्चालनमा संलग्न हिंसा प्रभावित महिला उत्साहित भएका छन्। यसबाट जीवन निर्वाह गर्न सहज बन्ने विश्वास आफूहरूलाई पलाएको उनीहरूको प्रतिक्रिया छ।

प्रकाशित: १६ मंसिर २०८० ०४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App