जिबीको राहदानी रद्दको ‘रामकहानी’: अदालतको आदेशमा विभाग अटेरी
कास्की जिल्ला अदालतको आदेशपछि पनि राहदानी विभागले गितेन्द्रबाबु (जिबी) राईको राहदानी रद्द (निलम्बन) गर्न ढिलासुस्ती गरेको छ। अदालतको आदेशको तीनदिन बितिसक्दा पनि विभागले जिबीको राहदानी रद्द गर्ने प्रक्रियासम्म पनि सुरु गरेको छैन।