२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ढोरपाटनको नवी गाउँमा आगलागी, ३० घर जलेर नष्ट

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन्।

दिउँसो टिपर चल्न लगाइएको रोक जायजः उच्च अदालत

काठमाडौ उपत्यकामा दिउँसोको समयमा टिपर चलाउन नपाइने सरकारको निर्णयलाई उच्च अदालत पाटनले सदर गरेको छ।  निर्वाध रुपमा दिउँसो पनि टिपर चलाउन पाउनुपर्ने मागदाबीसहित दायर रिट खारेज गरेपछि टिप्पर सञ्चालन लाई तोकिएको समयसिमा कायमै रहने भएको हो।

भण्डारखालमा बन्दैछ पुरातात्विक बगैँचा

ललितपुर पाटन दरबारको पछाडिपट्टि करिब ८ रोपनी भागमा फैलिएको भण्डारखाल पुरातात्विक बगैंचा (आर्कियोलोजिकल गार्डेन)मा परिणत हुने भएको छ। सम्पदा क्षेत्रमा रहेको उक्त जग्गा प्रयोगविहिन र अव्यवस्थित भएकाले त्यसलाई सम्पदा संग्रहित गरेर राखिने सुन्दर बगैंचाको रूपमा तयार गर्ने योजना अघि सारिएको हो।

पाटन क्याम्पसमा तालाबन्दी

विभिन्न पाँच विद्यार्थी संगठनहरुले विभिन्न माग राखी बिहीबारदेखि ललितपुरको पाटन संयुक्त क्याम्पसमा तालाबन्दी गरेका छन्। व्यवस्थापन संकाय अन्तर्गत बिबिएमा नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्ने विषयमा चरम लापरबाही भएको भन्दै गत कात्तिक १४ गते व्यवस्थापन संकाय विभागमा मात्र तालावन्दी भएको थियो। पछि समस्या समाधान नभएको भन्दै विद्यार्थीहरुले बिहीबार कलेजका सम्पूर्ण संकायमा तालावन्दी गरेका छन्।

पाटन संग्रहालयमा अडियो भिडियो कक्ष

ललितपुरको पाटन संग्रहालयमा अडियोभिडियो कक्ष सुरू भएको छ । कलासंस्कृतिको जर्गेना, प्रचारप्रसार र उचित संरक्षणका लागि सो कक्ष सञ्चालनमा ल्याइएको हो।

हाइअल्टिच्युड खेलकुद तालिम केन्द्रका लागि ढोरपाटनमा जग्गा खोजी

राष्ट्रिय खेलकुद परिषद्ले बागलुङको ढोरपाटनमा हाई अल्टिच्युड खेलकुद तालिम केन्द्र बनाउन आवश्यक स्थलगत निरीक्षण गरेको छ । ढोरपाटनको एकै वडाका विभिन्न तीन ठाउँमा जग्गा अध्ययन गरी पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको नेतृत्वमा गएको पाँच सदस्यीय टोली फर्किएको छ।

पानीविनाको दमकल आगो निभाउन पुगेपछि

बैतडीमा विना पानीको दमकल राखिने गरेको पाइएको छ। पाटन नगरपालिका– ४ बस्ती जोलाबाँजमा आज बिहान आगलागी हुँदा पानीविनाको दमकल आगो निभाउन पुगेको हो।

विद्यार्थीको दुर्गम सेवा घटाउन माग

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छात्रवृत्तिमा अध्ययन गरेका मेडिकलका विद्यार्थीहरुले दुर्गममा अन्य विश्वविद्यालयमा व्यवस्था भएअनुसार २ वर्षको मात्र कार्य सेवा हुनुपर्ने माग गरेका छन्।

सिंहदरबारको कैलाशमा बिताएका दिनहरू

२०३५ असारको पहिलो साताको कुनै दिन । एक जना गाउँकै साथी र म केही दिनपहिले मात्र गाउँबाट सहर आएका थियौँ । हामी पाटन मंगलबजारमा बसेका थियौँ । त्यो दिन पहिलोपटक हामी काठमाडौं घुम्न निस्केका थियौं।

एपिएफ क्वार्टरफाइनलमा

विभागीय टोली नेपाल एपिएफ क्लब राजधानीमा जारी पाँचाैं ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

मासुका लोकप्रिय नेवारी परिकार

सानो गल्ली । गल्ली नजिकै पुरानो घर । घरको ढोकामा झुन्डाइएको थोत्रो पर्दा । यो दृष्य हो पाटनस्थित सुरज नेवारी खाजा घरको।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्